Untitled Document

राष्ट्रिय योजना आयोगको भूमिकाप्रति प्रधानमन्त्री ओली असन्तुष्ट : ओलीको प्रश्न, ‘कुनै नतिजा दिन नसक्ने योजना आयोग हुनुको के अर्थ ?’

काठमाडौं, भदौ ३०  

प्रधाानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगको भूमिका र औचित्यमाथि असन्तुष्ट जनाउनुभएको छ । राष्ट्रिय गौरवका आयोजनाकै कार्यप्रगति आशालाग्दो नदेखिएपछि राष्ट्रिय योजना आयोगको औचित्यमाथि असन्तुष्ट जनाउनुभएको हो ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय विकास समस्या समाधान समितिको ४३ औँ बैठकमा विकास आयोजनाको प्रगति सुनेपछि असन्तुष्ट जनाउनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो, “केही भन्न, केही गर्न, योजना दिन, नियन्त्रण गर्न, यो राख भन्न, यो हटाउ भन्न, यहाँनेर कमजोरी छ भन्न र कुनै नतिजा दिन नसक्ने योजना आयोग हुनुको के अर्थ रह्यो ?’’

छ दशकभन्दा बढी समयदेखि आयोगले सरकारको प्रमुख आर्थिक सल्लाहकारको रुपमा नीति निर्माणदेखि बजेट निर्माणसम्म योगदान पु¥याउँदै आएको छ । विकास समस्या सुल्झाउन आयोगले प्रस्तुत गरेको सुझावलाई प्रधानमन्त्री ओलीले भन्नुभयो, “मन्त्र भनेर पिनास झार्न गरेको प्रयास जस्तो रुपमा आयोगका सुझाव आए, यो ठीक होइन ।”

उपप्रधान एवं स्वास्थ्य र जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राष्ट्रिय गौरवका आयोजनामा ३० वर्षमा ५० प्रतिशत र १७ वर्षमा ४० प्रतिशत तथा ११ वर्षमा हुलाकी सडकको २५ प्रतिशतको प्रगति भएको आयोगले तयार गरेको विवरण सुनाउँदै भन्नुभयो, “नेपालमा राष्ट्रिय योजना आयोगको आवश्यकता छ र ? यसमा म घण्टौ बहस गर्न सक्छु, अहिले हामी उल्टो गतितर्फ हिँडिरहेका छौँ ।”

September 15, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *