जनता टाइम्स

१४ बैशाख २०८१, शुक्रबार १४:१७

विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन


काठमाडौं, १४ बैशाख । विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा परेका छन् । संयुक्त राष्ट्र संघका एजेन्सी र विकास समूहहरूका अनुसार द्वन्द्वका कारण २८२ मिलियन मानिसहरू तीव्र भोकमरीबाट ग्रस्त भएका छन । उनीहरूका अनुसार विशेष गरी गाजा र सुडानमा २०२३ मा खाद्य असुरक्षा अत्याधिक रूपमा बढेको उनीहरूको भनाइ छ । चरम मौसमी घटनाहरू र आर्थिक झट्काहरूले तीव्र खाद्य असुरक्षा सामना गर्नेहरूको संख्यामा थपिएको छ, जुन २०२२ को तुलनामा २४ मिलियन मानिसहरूले बढेको खाद्य सुरक्षा सूचना नेटवर्कले जनाएको छ ।

खाद्य संकटसम्बन्धी विश्वव्यापी प्रतिवेदनमा उल्लेख भए अनुसार यस वर्षको विश्वव्यापी दृष्टिकोणलाई ‘अन्धकार बर्ष’ भनिएको छ । संयुक्त राष्ट्र संघका एजेन्सी, युरोपेली संघ र सरकारी तथा गैर सरकारी निकायहरूलाई एकसाथ ल्याउने अन्तर्राष्ट्रिय गठबन्धनले यो आंकडा सार्बजनिक गरेका हुन । वर्ष २०२३ तीव्र खाद्य असुरक्षाबाट ग्रस्त मानिसहरूको बढ्दो संख्याको साथ लगातार पाँचौं वर्ष थियो, जब जनसंख्याले जीवन वा जीविकोपार्जनलाई खतरामा पार्ने खाद्य अभावको सामना गरिरहेको जनाइएको छ ।

गत वर्षको धेरैजसो वृद्धि रिपोर्टको विस्तारित भौगोलिक कभरेज र १२ देशहरूमा बिग्रँदै गएको अवस्थाका कारण थियो, प्रतिबेदनमा भनिएको छ । गाजामा ६ लाख लगायत करिब ७ लाख मानिसहरूले गत वर्ष भोकमरीको सामाना गरेका थिए, जुन संख्या युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा अझै १.१ मिलियनमा पुगेको छ । २०१६ लाई कभर गर्ने ग्लोबल नेटवर्क अगेन्स्ट फूड क्राइसिसद्वारा पहिलो रिपोर्ट अनुसार खाद्य–असुरक्षित व्यक्तिहरूको संख्या १०८ मिलियन बाट २५२ मिलियनमा बढेको हो ।