जनता टाइम्स

१४ बैशाख २०८१, शुक्रबार १४:२४

एक डीआईजी र ६ जना एसएसपीको सरुवा, गण्डकी प्रदेशसहित काठमाडौं र अपराध महाशाखाका प्रमुख फेरिए


काठमाडौं, बैशाख १४ । गृह मन्त्रालयले एक प्रहरी नायव महानिरीक्षक (डिआइजी) र ६ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेको निर्णयअनुसार डिआइजी र एसएसपीहरुको सरुवा गरिएको हो ।

जसअनुसार गण्डकी प्रदेश प्रहरीको प्रमुखमा डीआइजी दुर्गा सिंह चन्दको सरुवा भएको छ । त्यस्तै काठमाडौं जिल्ला प्रहरी परिसरको प्रमुखमा एसएसपी वसन्त रजौरको सरुवा भएको छ । काठमाडौं प्रमुख भुपेन्द्र खत्रीलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग सरुवा गरिएको छ ।

त्यस्तै उपत्यका अपराध अनुसन्धान महाशाखाको प्रमुखमा एसएसपी सानुराम भट्टराईको सरुवा भएको छ । भट्टराई यसअघि राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा रहनुभएको थियो । अपराध महाशाखाका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरलाई भट्टराईको ठाउँमा सुरक्षा परिषदमा सरुवा गरिएको छ ।

यसैगरी गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभयनारायण काफ्लेलाई कोशी प्रदेश तालिम निर्देशनालयमा सरुवा गरेको छ भने सो स्थानमा कोशीमा राजन अधिकारीलाई सरुवा गरेको छ ।