जनता टाइम्स

९ आश्विन २०७७, शुक्रबार ११:५३

भरतपुर अस्पतालको आकस्मिक कक्ष र अन्य वार्डभित्रै पानीको भल पसेपछि…


चितवन, असोज ९

भरतपुर अस्पतालको आकस्मिक कक्ष र अन्य वार्डभित्रै पानीको भल पसेपछि बिरामी र तिनका आफन्त मर्कामा परेका छन् । भल पसेर चितवनको भरतपुर अस्पताल जलमग्न भएको हो । चिकित्सक तथा नर्सहरु बुट लगाएर उपचारमा खटिरहेका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार आकस्मिक कक्ष, अब्जरभेसन, स्टोर लगायतका कोठामा पानी पसेको छ ।

चार वर्ष अघि पनि अस्पतालको स्टोर कक्षमा पानी पसेको थियो । तर बिरामी राखिएकै कोठामा पानी पसेको भने यही वर्ष हो । ढल निकासको उचित प्रबन्ध नहुँदा अस्पतालभित्रै पानी पसेको स्थानीयवासीले बताएका छन् । पानीको उचित निकास नहुँदा अस्पताल वरपर बर्सेनि डुवानको समस्या हुने गर्दछ ।