जनता टाइम्स

१३ आश्विन २०७७, मंगलवार ०९:१५

पछिल्लो २४ घण्टामा भारतमा १ हजार ३९ कोरोना संक्रमितको मृत्यु


काठमाडौं,  असोज १३ । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट भारतमा संक्रमित हुनेको संख्या ६० लाख ७४ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा ८२ हजार १७० कोरोना संक्रमित थपिएसगै ६० लाख ७४ हजार ७०२ पुगेको हो । भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९५ हजार ५४२ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार ३९ कोरोना संक्रमितको मृत्यु भएको विवरणहरू सार्वजनिक भएका छन् ।पछिल्लो समय भारतमा दैनिक हजारौंको संख्यामा संक्रमितहरू थपिएका छन् । भारतमा सिनेमा हलबाहेक प्रायः सबै पेशा, व्यवसाय तथा क्षेत्र पूर्ववत अवस्थामा सञ्चालनमा आइसकेका छन् ।