जनता टाइम्स

१५ आश्विन २०७७, बिहीबार १६:३५

२४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ५ सय नाघ्यो


काठमाडौं, असोज १५

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ११ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका १ महिला र १० जना पुरुष गरि ११ जनाको मृत्यु भएको हो । यो संक्रमित हुनेहरुबाट मृत्यु हुनेको संख्या ०.६५ प्रतिशत हो ।