जनता टाइम्स

१५ आश्विन २०७८, शुक्रबार १५:१२

एमाले नेकपाको सकारात्मक विरासत बोकेको एकीकृत पार्टी हो : अध्यक्ष ओली (प्रतिवेदनको पूर्णपाठ)



काठमाडौँ, १५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेकपाको सकारात्मक विरासत बोकेको पार्टी भएको बताउनुभएको छ । शुक्रबार विधान महाधिवेशन उद्घाटनपछि आफ्नो प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले भन्नुभयो , ‘नेकपाको निरन्तरतासहित सकारात्मक विरासत बोकेको पार्टी हो एमाले । यो एकीकृत पार्टी हो । यो एकीकृत पार्टीको पहिलो विधान महाधिवेशन पनि हो ।’

अध्यक्ष ओलीले १० बुँदे सहमतिको पृष्ठभूमी केलाउँदै माधव नेपालको पार्टी विभाजन प्रयासमा साथ नदिने सबैलाई विशेष धन्यवाद र स्वागत गर्नुभएको छ । अध्यक्ष ओलीले नेकपाको एकता प्रचण्डले तोडेको समेत बताउनुभयो।

विधान महाधिवेशनमा राजनीतिक प्रस्ताव पेस गरिरहेका ओलीले आफूलाई रुघाखोकीका कारण समस्या भएको भन्दै प्रस्ताव पेस गर्ने जिम्मा पोखरेललाई दिनुभएको छ । अहिले अध्यक्ष ओलीको प्रतिवेदन पोखरेलले पेस गरिरनुभएको छ । प्रतिवेदन पेस गर्ने क्रममा उाँहले पटक-पटक खोक्नु भएको थियो। अध्यक्ष ओली अहिले मञ्चमै बसेर आफैले तयार पारेको प्रतिवेदन सुनिरहनुभएको छ ।