जबज सप्तकोशीको पानीको बहाव हो । कोशीको पानीलाई हेर्ने विभिन्न नजरिया हुन्छन् । मलमूत्र त्याग गर्नेले सरसफाइ गर्ने पानी ठान्छ, किसानले खेतीमा लगाउने पानी वा सिंचाइ ठान्छ भने विद्युतको इन्जिनियरले सप्तकोशीको पानी विजुली उत्पादन गर्ने उर्जा ठान्छ । त्यसैले जबजमा यो वा त्यो छैन भन्ने कुरा सतही नजरबाट सम्भव छैन । तसर्थ विधान महाधिवेशनले यस पार्टीलाई फेरि पनि पहिलो सशक्त तथा एकीकृत शक्तिमा रुपान्तर गर्ने अवस्था देखिन्छ
प्रा.डा.बद्रीविशाल पोखरेल
आलोचनाको आगो भनेको अकबरी सुन बनाउने भट्टी हो । माओले भनेझैँ वस्तुनिष्ठ वा स्वस्थ आलोचना ओखती हो । तर कतिपय आलोचना र कटाक्षमाथि नै पनि आलोचना गर्नुपर्छ, मन्थन गर्नुपर्छ तब मात्र सही निष्कर्ष निक्लन्छ । माक्र्सवादमाथि यति धेरै कटु टिप्पणी र आलोचना अरु कुनै विषयमा पनि भएन भनिन्छ । आलोचनाको भट्टीमा माक्र्सवाद पाकेको हो र खारिएको हो । आलोचना हुँदैमा आत्तिनु र अताल्लिनु हुँदैन । यस्ता कतिपय आलोचनाबाट सिर्जनात्मक सोच र समझ पनि प्राप्त हुन्छ । तर माक्र्सवादका सच्चाइहरु स्थापित गर्ने काममा भने निरन्तर लागि पर्नु अपरिहार्य देखिन्छ । त्यसैले जबजका बारेमा उठेका नकारात्मक टिप्पणीसित अन्तरक्रिया गर्ने उदेश्यले जबजमा के छ के छैन ? शीर्षकको यो लेख लेखिएको हो । जबजमा धेरै विषय छन र नकारात्मक कोणबाट हेर्दा कसैले केही छैनन वा कमी छन, त्रुटि छन भन्न पनि सक्छन । जबजको केन्द्रबिन्दुमा जनता र जनताको हित र समृद्धि छ ।
माक्र्सवादी व्याख्यामा जनता भनेको भौतिक बौद्धिक श्रम गर्ने मानव समुदाय हुन । तर तिनै बहुसंख्यक जनतालाई सबै खालको शोषण दोहन गर्ने सामन्तवादी र पुँजिवादीहरुसित संघर्षरत रहनु जबजको मूलभूत पक्ष हो । तर संघर्षको प्राथमिक पक्ष सैद्धान्तिक वैचारिक, कार्यक्रम कार्यनीतिलाई जबजले महत्व दिन्छ । जबजले संघर्षमा विचार सिद्धान्तलाई सर्वोपरि मान्छ । संघर्ष सशस्त्र वा शान्तिपूर्ण तथा वैधानिक हुन्छ भन्ने कुरा विरोधी पक्षमा निर्भर हुन्छ । शान्तिपूर्ण र वैधानिक आन्दोलन वा संघर्ष गर्न पाउने अवस्थामा रहेसम्म बल प्रयोग गरिँदैन तर जब त्यसका विपक्षीले बाधा र अवरोध सिर्जना गरिन्छ, तव मात्र जस्तालाई त्यस्तै गर्ने नीति जबजको रहेको छ तर सशस्त्र युद्ध, संघर्ष वा द्वन्द्वलाई रहर र लहडको विषय जबजको होइन ।
माक्र्स र माओले भनेझैँ सकेसम्म कम क्षतिबाट समाज रुपान्तरण गर्ने माक्र्सवादको ध्येयलाई अझ परिष्कृत गरेको देखिन्छ । त्यसैले जबजले राम्रो काम पनि राम्रै तरिकाले गर्नुपर्छ र जनताको मन जितेर राजनीतिक र राजकीय नेतृत्व हासिल गर्नु पर्छ भन्नपनि यहीँ छन । जबज व्यापक जनतालाई पार्टी सिद्धान्त र कार्यक्रमअनुसार सचेत तथा संगठित गरेर देश र जन हितमा गोलबन्द गर्न चाहन्छ । किन यसो गर्न चाहन्छ भने केही नेताका भरमा तिनको आदेश र दवावमा यत्रो आन्दोलन उठाउन सकिन्न र यसरी आन्दोलन विजयी हुँदैन । त्यसैले व्यापक जनतालाई सचेत बनाएर वा भुइँतहबाट उठान गरेको आन्दोलन बलशाली हुन्छ । आन्दोलनको जग र जरा भनेकै आधारभूत तहका जनता हुन । जबजले माक्र्सले र जननेता मदन भण्डारीले भनेझैँ तलबाट उठाउने आन्दोलनलाई विशेष जोडवल गरेको छ । त्यसैले मदनले हामी मुक्तिदाता होइनौँ, शोषण र दमनबाट मुक्रि चाहने जनता नै मुक्तिप्राप्त कर्ता हुन भन्नुभएको हो । माओले भनेझैँ जवजमा जनमैत्रीलाई विशेष जोड दिएको छ । जनताको मन जितेर राजनैतिक र राजकीय नेतृत्व हासिल गर्ने कुरामा जबजले अत्यन्त महत्व दिएको छ ।
जबजले द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादलाई आत्मसात गरेको छ । यसले द्वन्द्वलाई गति र प्रगति पनि मान्छ । नेगेटिभ र पोजिटिभ तत्वको योगले विजुली बत्ती बल्छ । एउटा मिल वा उद्योगमा परस्पर दुई स्वार्थ समूह अर्थात उद्योगी पुँजिपति र श्रमिक नभै हुँदैन । कुनै एक मात्रले मिल चल्दैन, मिल चल्न दुवै वर्ग अपरिहार्य हु्न्छन । यस द्वन्द्वमा जबजले श्रमिक वर्गको पक्षपोषण गर्छ । र जबजले अन्तिम विजय श्रमिक वर्गको नै हुन्छ भन्ने कुरामा दृढ समर्थन गर्छ । अर्थात् वर्ग संघर्ष मार्फत श्रमिक वर्गको मुक्ति हुन्छ भन्छ । तर संघर्षको रूप, अवस्था र स्थिति कस्तो हुन्छ भनेर ज्बजले पहिले नै ठोकुवा वा भविष्यवाणी गर्दैन, परिस्थितिमा निर्भर हुन्छ भन्छ । अझ ज्बजले कुनै मानिस वा जनतालाई माक्र्सवादी वा कम्युनिष्ट बन्न बनाउन किमार्थ जेरजवर्जस्ती गर्ने कुरा गर्दैन । जबजले सर्बै भन्दा पहिले पार्टीको वैचारिक र सैद्धान्तिक व्यापक अन्तक्रिया, छलफल, विमर्श, प्रशिक्षण जनताका तहमा वा भुईँ तहमा गर्छ र गराउँछ ।
जनताको अगुवा शक्ति र पङ्तिलाई पार्टीको सैद्धान्तिक विषय वस्तुका बारेमा सुशिक्षित गराउँछ । यो काम अलि छिटो र सहज होस भन्नका लागि पार्टीले सचेत, शिक्षित, चेतनशील वा शिक्षक, प्राध्यापक खालका व्यक्तिहरुलाई वैचारिक अन्तक्रिया मार्फत पार्टीमा आबद्ध गराउँछ । यिनै सचेत समुदाय मार्फत अझ तलको जनसमुदायलाई तहअनुसारको सैद्धान्तिक जनकारी गराइन्छ । जब भुइँ तहका जनता पार्टीमा आबद्ध हुन थाल्छन् अनि जनताको मन छुने आर्थिक सामाजिक र राजनीतिक तथा सांस्कृतिक समस्याको उठान गर्छ । माक्र्सले उल्लेख गरेको र जननेता मदन भण्डारीले अझ सुस्पष्ट पारेको विषयअनुसार माथिबाट होइन भुइँ तहदेखि पार्टीलाई सुदृढ र सशक्त बनाउने कुरामा जेड दिएको देखिन्छ । ज्बजले पार्टी, सिद्धान्त र आन्दोलन बलशाली जग बनाएर त्यसमाथि तला थप्ने सुदीर्घ योजना बनाएको छ । त्यसैले अहिले पनि देशव्यापी रुपमा पार्टी र विचारको जग निर्माण गरेको छ । यही जगमा हरेक नेपालीका घरमा एक न एक एमाले विद्यमान रहेको स्पष्ट हुन्छ ।
जबजकै दिशानिर्देशमा विश्वबाट नराम्ररी धक्का खाएको कम्युनिस्ट आन्दोलनको झण्डा नेपालमा फहराएको थियो । पुष्पलालका सहयात्री, पुराना तथा क्रान्तिकारी भनिने नेकपा पार्टी र नेता नै विलखबन्दमा परेका बेला जबजले तिनलाई पनि राजनीति गर्ने सहज वातावरण बनायो । यति मात्र होइन, जबजकै मार्ग निर्देशनमा नौमहिने सरकार बन्यो र यसले पहिले कहिल्यै कुनै पनि सरकारले गर्न नसकेका जनतालाई प्रत्यक्ष हितकारी उदाहरणीय सेवा, सुविधा र विकास निर्माणको लक्षण देखायो । बहुदलीय प्रजतन्त्रको स्थापना र विकासमा महत्वपूर्ण योगदान ज्बजले गर्यो । र यससँगै कम्युनिस्ट आन्दोलनलाई नयाँ सिराबाट प्रभावशाली रुपमा उठायो ।
पार्टी अध्यक्ष केपी शर्मां ओलीको राजनीतिक र राजकीय नेतृत्वले दुवै क्षेत्रमा अतुलनीय भूमिका निर्वाह गर्यो । जबजअनुसारको अब्बल नेतृत्व ओलीकै कारण पार्टीमा लागेका हैजहरु आफैँ हैरान भए र गले । अहिलेको एमाले नेकपाकै निरन्तरता हो, यो पुरानै एमाले होइन। किनभने यसमा पूर्वमाओवादी वरिष्ठ नेताहरु आबद्ध छन् । १० बुँदे सहमति पालना गर्दा नयाँ अवस्थालाई बिर्सनु सर्वथा गलत हुन्छ । अनि कन्फर्टेवल सरकार बनाउन र कम्युनिष्ट आन्दोलन समाप्त पार्ने कसम खाएको यथार्थ अवस्था बुझीबुझी संसद् विघटनमा पार्टी अध्यक्ष को गल्ती देखाउन खोज्नु अतिवादी दृष्टिकोण हुन्छ ।
जवजले नेपाली विशेषताको समाजवादको सुस्पष्ट रुपरेखा कोरेको छ । समाजवादमा पनि तत्कालीन संविधानअनुसार बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली कायम राखिने सुस्पष्ट दृटिकोण राखेको छ । यसकारण जबजले आर्थिक र राजनीतिक दुवै अधिकारसहितको नेपाली गणतन्त्रको सुस्पष्ट खाका कोरेको देखिन्छ । ०४९ सालको पाँचौ महाधिवेशन, ०५४ सालको छैटौँ महाधिवेशन हुँदै नवौँ महाधिवेशनमा आएर पार्टीले जबजलाई नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त स्वीकार गरेको छ । जबजको सार वा लक्ष क्रान्तिकारी छ भने रुप चाहिँ लोकतान्तिक छ । जनवादी लक्ष यसको सार हो, बहुदलीय प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नु यसको स्वरुप हो ।
अहिले पनि बहुदलीय वा जनवादी क्रान्ति सफल भएको छ तर पूरा भइसकेको छैन । जनवादी क्रान्तिका आर्थिक, सामाजिक तथा धार्मिक सांस्कृतिक लगायत कार्यभार पूरा गर्न बाँकी छ । कुनै पनि मानिस १४ वर्षमा टेक्ने बित्तिकै वर्ष पूरा भएको भन्न सकिन्न । १४ वर्ष पूरा हुन ११ महिना २९ दिन पूरा हुनुपर्छ । बनेको सिद्धान्तलाई फेरि सिद्धान्त बनाउनुपर्छ भन्नु विषयान्तर गर्दै मपाइँ प्रदर्शन गर्नु मात्र हो । त्यसैले अहिले त एमाले लोकतन्त्र, राष्ट्रवाद तथा सही कम्युनिस्ट आन्दोलनको करीव सर्वसम्मत त्रिवेणी बनेको छ । परमादेशबाट प्रधानमन्त्री बन्न र बनाउन उद्यत शक्तिहरु लोकतान्त्रिक हुनु भन्ने आधार समाप्त भएको देखिन्छ । तर एमालेलाई चुनावदेखि चुनावभन्दा अगाडि बढ्ने हो ०७८ असोज १४ गते प्रगतिशील संष्टा तथा सांस्कृतिकहरुको गम्भीर चिन्तालाई मनन गर्नैपर्ने छ ।
पार्टी स्थायी समिति सदस्य मलि थापा, केन्द्रीय सदस्यद्वय विजय सुब्बा र खगेन्द्र राई सहितको उपस्थितिमा गम्भीर बहस भयो । सास्कृतिक रुपान्तरण गर्ने हो भने यसलाई पार्टीले केन्द्रमा राख्नुपर्छ र सबै मोर्चा संगठनले यसलाई सबैले सवोपरि महत्व बनाउनु पर्छ । अहिलेकै जस्तो र अझ महँगो निर्वाचन प्रणाली रहने हो भने पार्टीमा क्रमशः धनीमानी नेता वा मानिस, ठेकेदार निर्वाचनमा उठ्ने र जित्ने सम्भावना हुन्छ । यसरी जन थाल्यो भने विभिन्न खालका अत्यन्त गलत तत्वहरु प्रवेश गर्ने सम्भावना रहन्छ । त्यसैले पठन संस्कृति, शुद्धीकरण तथा राजनीति र राजकीय अवसर समान रुपमा प्रदान गर्ने विकृतिबाट जेगिन सक्नुपर्छ । जबजअनुसार आमूल परिवर्तनकारी नेता, नेतृत्व, पार्टी संगठन र मोर्चालाई पुनः व्यवस्थित नगरी हुन्न । सिद्धान्तले खोजेको र रोजेको चिन्तन, चरित्र र व्यवहार बिना जबज मात्र नारा हुनसक्छ ।
सन १९९१ सम्ममा आइपुग्दा पूर्वी युरोप र सोभियत संघमा समाजवादी व्यवस्था विघटन भयो । यसो हुनुमा समाजवादी व्यवस्था अन्तर्गत गम्भीर गल्ती कमजेरी रहेको, राजनैतिक र आर्थिक रुपमा अतिकेन्द्रीकृत रुपले सञ्चालन गर्नु,वैचारिक राजनीतिक स्वतन्त्रतामाथि अङ्कुश लगाउनु, जनताको प्रजतान्त्रिक अधिकार र सर्वहारा वर्गको अधिनायकत्वका नामममा कम्युनिस्ट पार्टीको अधिनायकत्व लागु गर्र्दै जानु, एक दलीय जनवादमाथि जोड दिनु, समाजवाद भित्रै विकृति विसंगतिहरु बढ्दै जनु,उक्त विकृतिलाई हटाउने वा नियन्त्रित गर्ने पछिल्लो प्रयत्नले समस्यालाई झनै बढाउनु अनि समाज विकासका वस्तुगत नियमहरुलाई बलपूर्वक मिच्ने र मनोगत आधारमा समाजवादको विकास गर्ने प्रयत्न गर्दा अन्तमा ७० वर्षको समाजवाद दुर्घटनामा पर्यो ।
अन्य मुलुकमा पनि अतिनियन्त्रित तथा अति केन्द्रीकृत राज्य प्रणालीका कारण समाजवादले विश्वमा धक्का खानु पर्यो । जबज यिनै कठिन परिस्थितिलाई मध्य नजर गरेर निर्मित तथा विकसित नवीन सिद्धान्त हो, विचार हो । वर्ग रहेसम्म वर्गीय राजनीति हुन्छ र त्यस अवस्थामा भिन्न विचारलाई दमन मात्र गरेर हुन्न तिनलाई खासि सीमा भित्र प्रतिस्पर्धात्मक राजनीति गर्न दिनुपर्छ, यो सार्वभौम सच्चाइ जबजले अवलम्वन गरेको छ । तसर्थ सार्र्वभौम र सार्वकालिक सच्चाइलाई आत्मसात गरेको जबज सिद्धान्त नै हो । २०६२,०६३ को शान्तिपूर्ण सशक्त संयुक्त जनआन्दोलन गर्न जबजको वैचारिक मार्ग दर्शन सर्वस्वीकार्य र महत्वपूर्ण रहेको छ । किनभने प्रचण्डले १९ दिने सशक्त आन्दोलनबाट आन्दोलनकारीका माग पूरा गरेर अघि बढ्ने सन्दर्भमा फेरि सशस्त्र संघर्ष गर्ने आह्वानलाई कसैले पनि वास्तै गरेनन ।
जननेता मदन भण्डारी र जबजका कारण नेपालको लोकतान्त्रिक तथा कम्युनिस्टमा अत्यन्त दुरगामी महत्वपूर्ण योगदान गरेको छ । आफैँले गरेको योगदान नबुझेर हैरान हुने कुरा हो भने केही भन्नु छैन । पार्टी अध्यक्ष ओलीले भन्नु भएझैँ जबज रेल हो र पटरी जति र जहाँ सम्म ओछ्याइन्छ त्यहाँ सम्म यो जन्छ भन्नुभएको छ । तर जबजअनुसार पटरी ओछ्याउन सक्षम कुशल तथा दुरदर्शी नेतृत्व भएन भने रेल वा जबज लडखडाउँछ । यो अहिलेको संगीन प्रश्न हो । ओलीका अनुसार जबज राजनीति मात्र होइन यो र आर्थिक, सामाजिक, धार्मिक सांस्कृतिक समग्र रुपान्तरणसित सम्बन्धित छ । तर यसअनुसार चल्ने कुरा चाहिँ अर्को विशिष्ट पक्ष हो । त्यसैले राजनीतिका लागि राजनीति गर्ने उदेश्य जबजको होइन भन्ने कुरा स्पष्ट हुन्छ

जननेता मदन भण्डारी र जबजका कारण नेपालको लोकतान्त्रिक तथा कम्युनिस्टमा अत्यन्त दुरगामी महत्वपूर्ण योगदान गरेको छ । आफैँले गरेको योगदान नबुझेर हैरान हुने कुरा हो भने केही भन्नु छैन । पार्टी अध्यक्ष ओलीले भन्नु भएझैँ जबज रेल हो र पटरी जति र जहाँ सम्म ओछ्याइन्छ त्यहाँ सम्म यो जन्छ भन्नुभएको छ । तर जबजअनुसार पटरी ओछ्याउन सक्षम कुशल तथा दुरदर्शी नेतृत्व भएन भने रेल वा जबज लडखडाउँछ । यो अहिलेको संगीन प्रश्न हो । ओलीका अनुसार जबज राजनीति मात्र होइन यो र आर्थिक, सामाजिक, धार्मिक सांस्कृतिक समग्र रुपान्तरणसित सम्बन्धित छ । तर यसअनुसार चल्ने कुरा चाहिँ अर्को विशिष्ट पक्ष हो । त्यसैले राजनीतिका लागि राजनीति गर्ने उदेश्य जबजको होइन भन्ने कुरा स्पष्ट हुन्छ ।
जबज सप्तकोशीको पानीको बहाव हो । कोशीको पानीलाई हेर्ने विभिन्न नजरिया हुन्छन् । मलमूत्र त्याग गर्नेले सरसफाइ गर्ने पानी ठान्छ, किसानले खेतीमा लगाउने पानी वा सिंचाइ ठान्छ भने विद्युतको इन्जिनियरले सप्तकोशीको पानी विजुली उत्पादन गर्ने उर्जा ठान्छ । त्यसैले जबजमा यो वा त्यो छैन भन्ने कुरा सतही नजरबाट सम्भव छैन । तसर्थ विधान महाधिवेशनले यस पार्टीलाई फेरि पनि पहिलो सशक्त तथा एकीकृत शक्तिमा रुपान्तर गर्ने अवस्था देखिन्छ ।













प्रतिक्रिया दिनुहोस्