बुटवल, असोज २४ । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आज भएको झडपमा तीन जनाको मृत्यु भएको छ । भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेहरूमध्ये तीन जनाको केहीबेर अघि मृत्यु भएको हो ।
अस्पतालका प्रशासन प्रमुख शुशील गुरुङले ८ जना स्थानीय ल्याइएकोमा ३ जनाको मृत्यु भएको बताउनु भयो । उहाँका अनुसार घाइते ५ मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । अस्पतालमा ५ जना प्रहरीको पनि उपचार भइरहेको छ ।
सुकुम्बासीको नाममा केही समूहले औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेपछि उत्पन्न तनाव नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले हाल त्यस क्षेत्रमा कर्फ्यू जारी गरेको छ । स्थिति नियन्त्रणका लागि प्रहरीले बल प्रयोग गर्दा भएको झडपमा तीन जनाको मृत्यु भएको हो ।













प्रतिक्रिया दिनुहोस्