काठमाडौं, असोज २५ । एमाले उपमहासचिव घनश्याम भसालले माधव नेपालले आफ्नै सहकर्मीदेखि सवैलाई धोका दिएको ठोकुवा गर्नुभएको छ । पार्टीका सवै नेता कार्यकर्ताको भावना र आफूहरुको सदासयतालाई धोका दिएर माधवले बिभाजन रोजेको र त्यो बाटो माधवकै लागि पनि खतरनाक रहेको निश्कर्ष भुसालको छ ।
भुसालले एमाले छाडेर एकीकृत समाजवादी बनाउनु भएका माधव नेपालले आफूहरूलाई धोका नै दिएको तथ्य राख्नुभयो । ’माधव नेपालले सैद्धान्तिक र वैचारिक छलफलमा ध्यान दिएनन, सैद्धान्तिक मुद्दामा बहस नै गर्न चाहेनन,’ बिजया दसमीको अवसरमा आइतवार आफू निकट पत्रकारसँगको छलफलमा भुसालले भन्नुभयो ।
उहाँले माधव नेपाललाई अरुले नभई माधव आफैले धोका दिएको धारणा पनि राख्नुभयो । ’माधव नेपाललाई हामीले छाडेको होइन, उहाँले छाडेको हो । चैत ४ र ५ को राष्ट्रिय कार्यकर्ता भेलाको घोषणाको उलंघन भयो । उहाँले विभाजन रोजेर गलत गर्नुभयो । यदि सैद्धान्तिक बहस भएको भए उहाँ पार्टी फुटाउन जानु हुन्थेन,’ भुसालले भन्नुभयो ।
भुसालले माधवको पार्टीले कुनै प्रगति नगर्ने भन्दै सकिएर जाने आफ्नो निश्कर्ष पनि सुनाउनु भयो । ’फुटेका पार्टीले प्रगति गर्दैन, माधव नेपाललाई फुटेको पार्टीले कलमी हुँदैन भनेका हौँ हामीले, तर उहाँ राष्ट्रिय भेलाको निर्णयविपरीत सैद्धान्तिक र वैचारिक कुरा बिर्सिदै फुटतिर लाग्नुभयो,’ भुसालले भन्नुभयो, ’हामीले फुट आफैँ भोग्यौँ, यसअघि एमाले र कांग्रेस फुटेर बनेका पार्टीले केही गर्न सकेका थिएनन । अहिले पनि माधव नेपालले त्यो कुरा बुझ्नु भएन । उहाँ पार्टी विभाजन नै चाहनुहुन्थ्यो । तर धोका हामीले होइन, उहाँले नै दिएको हो ।’













प्रतिक्रिया दिनुहोस्