बिराटनगर , कात्तिक ९ । एमाले नेता शंकर पोखरेलले प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई हटाउने बैधानिक बाटोमा असफल भएपछि पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाल पार्टी बिभाजन गरेर हिडेको बताउनुभएको छ । देशभर भएको पालिका अधिवेशनको क्रममा बिराटनगर महानगर कमिटीको अधिवेशन उदघाटन गर्दै एमाले स्थायी कमिटी सदस्य पोखरेलले यस्तो बताउनु भएको हो ।
पार्टी अध्यक्ष केपी ओलीलाई जसरी पनि प्रधानमन्त्रीबाट हटाउने खेलको उत्कर्षमा पुगेपछि मैले प्रचण्डलाई भेटेर भनें–केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन पार्टीभित्र एउटा मात्रै बाटो छ, उहाँले के बाटो भनेर सोध्नुभयो, मैले भनें–प्रधानमन्त्री बन्ने रहर छ भने संसदीय दलको बहुमत पुर्याउनोस, प्रधानमन्त्री फेर्न त्यो भन्दा अर्काे बाटो छैन । आफ्नो सुझावपछि प्रचण्डले दलमा कसै गरे पनि बहुमत पुर्याउन नसकिने तथ्य स्वीकार गरेको पोखरेलले खुलाउनु भयो ।
‘संसदीय दलमा केपी ओलीबिरुद्ध बहुमत नपुगेपछि प्रचण्ड र माधव नेपाल बैठक बसेर कांग्रेससँग मिलेर संसदमा अबिश्वासको प्रस्ताव ल्याउने निर्णयसहित हस्ताक्षर गरे, प्रधानमन्त्रीले त्यो सूचना पाएपछि त्यो षडयन्त्र चकनाचुर पार्न संसदद बिघटन गर्नुभयो,’ पोखरेलले भन्नुभयो, ‘त्यो बिघटन मुलुक र ब्यवस्था जोगाउन जायज थियो भन्ने कुरा अहिले प्रमाणित भइसकेको छ ।




पोखरेलले अनेक षडयन्त्र गरेर अदालतबाटै संबिधान भन्दा बाहिर गई परमादेशबाट केपी ओलीलाई सरकारबाट हटाए पनि जनताको मनबाट कसैले हटाउन नसक्ने र फेरि चुनाव जितेर एमाले नेतृत्वको सरकार बन्ने घोषणा गर्नुभयो । ‘एमालेलाई जनताको मनबाट हटाउन सक्ने वाला छैन, केपी ओलीलाई कसैले जनताको मनबाट हटाउन सक्नेवाला छैन । सरकारबाट हटाउने कुरा अस्थायी हो, जतिबेला चुनाव हुन्छ, फेरि हामी चुनाव जितेर सरकारमा पुग्छौं,’ पोखरेलले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्