जनता टाइम्स

२० कार्तिक २०७८, शनिबार १८:५९

तनहुँका युवाले जिते सवैको मन, दिपावलीमा गरे गाउँको सडकमा बत्ती जडान


तनहुँ, २० कात्तिक । तनहुँमा युवाहरू मिलेर भिमाद नगरपालिका–८ अरौदीको का युवाले तिहारको बेला सडक बत्ती जडान गरेर गाउँँ नै भिलिमिली पारेका छन् । स्थानीय अजम्बरी युवा क्लबले आफ्नै कोषको रकम खर्चिएर सडक बत्ती जडान गरेको क्लबका अध्यक्ष नरविर आलेले बताउनु भयो ।

२० ठाउँमा सडक बत्ती राखेको उहाँले जानकारी दिनुभयो । आलेका अनुसार सडक बत्ती खरिद र जडानमा ८० हजार खर्च भएको छ । ‘क्लबको कोषमा रहेको रकम खर्च गरेका छौँ’, उहाँले भन्नुभयो, ‘नगरपालिकासँग पनि सडक बत्ती राख्न बजेट माग गरेका थियौं, सुनवाई भएको छैन् ।’ बजेट पाएको खण्डमा अझ धेरै स्थानमा सडक बत्ती राख्ने आलेले बताउनु भयो ।

सडक बत्ती जडान गरे पनि मर्मत सम्भारका लागि बजेट अभाव हुने भएकाले क्लबले प्रत्येक घरधुरीसँग महिनामारी शुल्क उठाउने योजना बनाएको छ । क्लबले साँस्कृतिक, सांगीतिकलगायतको कार्यक्रम गरेर कोषमा रकम जम्मा गर्दछ ।