नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसीआई) का अध्यक्ष शेखर गोल्छाले मुलुकको समृद्धिका लागि एमालेसँग सँगै हिँड्न चाहेको बताउनु भएको छ । एमाले महाधिवेशनमा शुभकामना दिँदै गोल्छाले यस्तो बताउनु भएको हो ।
एमाले महाधिवेशनका लागि शुभकामना दिँदै गोल्छाले भन्नुभयो, ‘मुलुकको अर्थतन्त्रमा मुख्य चुनौती व्यापार घाटा र देशमै रोजगारी सिर्जना गर्न नसक्नु हो । यी सबै विषयलाई समेटेर महासंघले एउटा भिजनपेपर ल्याएकोे छ । यसमा हामीले अर्थतन्त्रमा मुख्य चुनौतीलाई औल्याएका छौँ । हाम्रो मुलुकका राजनीतिक पार्टीका नेताहरुलाई हाम्रो आग्रह के छ भने यो भिजनपेपरमा भएका विषयलाई सहकार्य गरौँ । यसमा दलहरुसँग आपसमा बसेर हामी सहकार्य गर्न चाहन्छौँ । म नेकपा (एमाले)को आउँदो महाधिवेशनको सम्पूर्ण सफलताको कामना गर्दछु । हामी निजी क्षेत्र हाम्रा सम्पूर्ण नेताहरुसँग सँगै हिँडेर देशलाई समृद्ध बनाउन चाहान्छौँ । हामी आफ्नै जीवनकालमा देशलाई समृद्ध नेपाल देख्न चाहान्छौँ ।’













प्रतिक्रिया दिनुहोस्