जनता टाइम्स

२३ मंसिर २०७८, बिहीबार १६:४९

प्रेस युनियनबाट छानिए कांग्रेस महाधिवेशन प्रतिनिधि, टेलिभिजनकर्मी अनिता बिन्दु पनि समावेश


काठमाडौं, मंसिर २३ । प्रेस युनियनले नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि पाँच जना केन्द्रीय प्रतिनिधिको नाम फाइनल गरेको छ ।युनियनले प्रतिनिधिका रूपमा अध्यक्ष बद्री सिग्देल, उपाध्यक्ष दिपक आचार्य, पूर्वकोषाध्यक्ष ईश्वरी ओझा, कोषाध्यक्ष सरोज अधिकारी र पत्रकार महासंघकी पूर्वउपाध्यक्ष अनिता विन्दुको नाम छनोट गरेको प्रेस युनियन काठमाडौंका अध्यक्ष जगन्नाथ दुलालले जानकारी दिनुभयो ।

कांग्रेस महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएकी चर्चित समाचार बाचिका अनिता बिन्दु नेपाल टेलिभिजनमा कार्यरत हुनुहुन्छ । युनियनका महासचिव अजयबाबु शिवाकोटी भने कांग्रेस दोलखाबाट र युनियनकी उपाध्यक्षसमेत रहनुभएकी पत्रकार महासंघकी उपाध्यक्ष बाला अधिकारी पनि ओखलढुंगाबाट प्रतिनिधिमा चयन भइसक्नु भएको छ ।