काठमाडौं, २६ मंसिर । गायक अनुप राइको स्वरमा नयाँ गीत बाँच्नलाई सिक्दैछु सार्वजनिक भएको छ । गीतमा उमेश राज खडकाको शब्द तथा विशाल निरौलाको एरेन्ज रहेको छ ।
समाजको भेदभावको सन्देश बोकेको एकदमै मार्मिक भिडियोमा सुरेन्द्र मल्ल ठकुरीको कथा तथा निर्देशन रहेको छ ।
ज्ञानेन्द शर्माको छायाकंन रहेको भिडियोमा प्रविन भट्टको सम्पादन रहेको छ । त्यस्तै भिडियोमा पुष्कर दाहाल, लालना चिमरिया र अनुप ओलीको दमदार अभिनय देख्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्