जनता टाइम्स

१७ पुष २०७८, शनिबार १६:५६

माओवादी नेतृत्व चयन प्रक्रियाका लागि मतदाता नामावली टाँस गरियो


काठमाडौं, १७ पुस । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले २ सय ९९ केन्द्रिय समिति सदस्य चयन गर्ने प्रक्रिया सुरु गरेको छ । नेपाल प्रज्ञा भवन जारी महाधिवेसनमा सकेसम्म सर्वसम्मत रुपमा केन्द्रिय सदस्य चयन गर्ने प्रयास जारी राखेको बेला निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गरेको हो ।

केन्द्रिय नेतृत्व देखी प्रदेशस्तरसम्म सहमतिमा केन्द्रिय समिति बनाउने भन्दै पाँच बजेसम्मका लागि स्थगित कार्यक्रमका बिचमा नै मतदाता नामावलीको सुचना टाँस गरिएको हो ।