जनता टाइम्स

१८ पुष २०७८, आईतवार २२:३२

नेकपा (एस) का पोलिटव्यूरो सदस्य यदुवंश झा एमालेमा प्रवेश


काठमाडौं, पुस १८ । पूर्वमन्त्री एवं नेकपा (एस) का पोलिटव्यूरो सदस्य यदुवंश झाले नेकपा (एस) पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको छ।

दुई नम्बर प्रदेशका प्रभावशाली नेताका रुपमा चिनिने झाले नेकपा (एस) परित्याग गर्नुभएको हो। आज सांझ बालकोट भक्तपुरमा उहाँलाई पार्टिका स्थायी कमिटी सदस्य प्रभु साह,केन्द्रिय सदस्य सन्जिभ कुमार झाको रोहवरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर एमालेमा प्रवेश गराउनु भएको हो।