काठमाडौँ, २३ पुस । काठमाडौंको कपनमा एक युवक र युवती मृत फेला परेका छन् । लिभिङ टुगेदर बस्दैआएका संखुवासभा घर भएका २६ वर्षीय अमिश जिमि र खोटाङ घर भएकी युसिना राई मृत भेटिएका हुन् ।
युवतीको शरिरमा धारिलो वस्तुको चोट र केटाको घाँटीमा चक्कुले रेटेको चोट छ ।युसिना नग्न अवस्थामा र अमिश अर्धनग्न अवस्थामा भेटिएकाले अमिशले प्रेमिकाको हत्या गरेर आफुले घाँटी रेटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
अमिशको ठूली आमाका अनुसार २२ दिन पहिलेदेखि उनीहरु लिभिङ टुगेदरमा बस्न थालेका हुन् । कोठामा रक्सिको बोत्तल, चुरोटका ठुटा र मासु भेटिएको छ ।













प्रतिक्रिया दिनुहोस्