पाल्पा, पुस २४ । नेकपा एमाले पाल्पा जिल्ला अध्यक्षमा धनेन्द्रराज घिमिरे चयन हुनुभएको छ । शुक्रबार राति सकिएको जिल्ला अधिवेशनबाट घिमिरे अध्यक्षमा सर्वसम्मत चुनिनु भएको हो ।
अधिवशनबाट उपाध्यक्षमा देविलाल लामिछाने, सचिवमा रामजी पोखरेल चयन हुनुभएको छ । यस्तै सहसचिवमा टीका थापा र सुनिता शर्मा छानिनु भएका छ ।
लुम्बिनी प्रदेशका अन्य जिल्लाको भने अधिवेशन जारी छ । रुपन्देहीमा शुक्रबारदेखि सुरु भएको अधिवेशनले शनिबार नेतृत्व चयन गर्ने सम्भावना छ । सर्वसम्मत नेतृत्व चयन गरी अधिवेशन टुंग्याइने एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले बताउनु भयो ।












प्रतिक्रिया दिनुहोस्