जनता टाइम्स

८ माघ २०७८, शनिबार १६:१६

ह्वात्तै बढ्यो कोभिड संक्रमितको मृत्युदर, एकैदिन १६ जनाको मृत्यु, १०,२५४ लाई संक्रमण


काठमाडौं, माघ ८ । पछिल्लो २४ घण्टामा १० हजार २५४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २० हजार १८७ जनाको कोरोना परीक्षण हँुदा ५० प्रतिशत बढीलाई संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७०८ जना संक्रमणमुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ ।

केही दिनयता संक्रमण बढेपनि मृत्युसंख्या बढेको थिएन तर आज एकैदिन १६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
अहिले सक्रिय संक्रमित ७२ हजार ८६२ जना छन् । यस्तै २४ घण्टामा १ लाख ९६ हजार ८५७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।