जनता टाइम्स

१४ माघ २०७८, शुक्रबार २२:५१

प्रचण्ड विरूद्धमा उभिए अर्थमन्त्री शर्मा, समयमै स्थानीय निर्वाचन गर्न माग


काठमाडौं, माघ १४ । नेकपा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विरूद्धमा उत्रिनु भएको छ । प्रचण्डले स्थानीय निर्वाचन नगराउन भूमिका खेलिरहेको परिस्थितिमा मन्त्री शर्माले भने समयमै चुनाव हुनुपर्ने राय अघि सार्नुभएको छ ।

शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत मन्त्री शर्माले भन्नुभएको छ , ‘स्थानीय तहको निर्वाचन समयमै गरेर लोकतन्त्र र संघीयतालाई सुदृढ बनाउनुपर्छ।’ उहाँले लोकतन्त्र र संघीयता सुदृढ गर्नका लागि पनि समयमै चुनाव हुनुपर्ने बताउनुभयो । प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन हुन नदिने अभियानमा लागेका छन ।

उहाँहरूले पहिला संघीय चुनाव गरेर त्यसपछि स्थानीय चुनाव गर्नुपर्ने प्रस्ताव गर्दै आउनुभएको छ । उहाँहरूले बरू त्यसका लागि संसद विघटन गरेर संघीय चुनाव घोषणा गर्न प्रधानमन्त्री देउवलाइ सुझाव दिनुभएको थियो ।