जनता टाइम्स

१३ फाल्गुन २०७८, शुक्रबार १५:१८

सँधैका च्याँखे अन्वेषी नारायणकाजी श्रेष्ठ, एमसीसीको विपक्षमा मतदान गर्ने


काठमाडौं, १३ फागुन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी सम्झौताको विपक्षमा माओवादीले मत दिने बताउनुभएको छ । एका छन् । सत्तारुढ गठबन्धनभित्र सहमतिको सम्भावना बढ्दै गएको भनिएपनि माओवादी नेता श्रेष्ठले यथास्थितिमा माओवादी एमसीसीको पक्षमा नउभिने प्रष्ट पार्नुभएको हो ।

सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठले एमसीसी निर्णयार्थ पेस हुन संसदमा माओवादी अनुपस्थित हुने प्रचार गलत रहेको दाबी गर्नुभएको हो ।

‘हाम्रो पार्टीले आठौं महाधिवेशनबाट र त्यसपछिका सबै छलफलहरूबाट एमसीसी सम्झौताका बारेमा निकालेको निष्कर्ष र लिएको निर्णय स्पष्ट छ,‘एमसीसी सम्झौता यसका राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूलका प्रावधानहरूलाई संशोधन नगरी यथास्थितिमा स्वीकार नगर्ने र संसदबाट पारित नगर्ने’, श्रेष्ठले भन्नुभएको छ । श्रेष्ठले माओवादीविरुद्ध भ्रामक प्रचार अभियान चलाइएको आरोपसमेत लगाएका छन् ।