काठमाडौं, २ चैत । इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ मूल्य सूची पठाएको छ । नेपाल आयल निगमलाई इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो । नयाँ सूची अनुसार निगमले १ लिटर पेट्रोल किन्दा इण्डियन आयल कर्पोरेसनलाई ११०.१३ रुपैयाँ तिर्नुपर्ने भएको छ ।
कर र अन्य लागत जोड्दा निगमको लागत १ सय ८२ रुपैयाँ प्रतिलिटर पुग्ने भएको छ । डिजेलको लागत मूलय १६९.४४ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको लागत २२ सय ४० रुपैयाँ ३४ पैसा प्रति सिलिण्डर पुगेको छ ।
नयाँ आएको मूल्य सूची र अहिलेको बिक्री मूल्यका आधारमा निगमलाई मासिक १० अर्ब रुपैयाँ भन्दा बढी नोक्सान हुने निगमले विज्ञप्तिमार्फत जनाएको छ । निगम स्रोतले अब जसरी पनि मूल्य बढाउनैपर्ने बाध्यता आईपरेको बताएको छ । यस विषयमा भोली थप निर्णय हुने बताइएको छ ।














प्रतिक्रिया दिनुहोस्