जनता टाइम्स

१४ चैत्र २०७८, सोमबार १२:५६

बारामा माधवलाई ठूलो झडका, अध्यक्ष यादवले गराए सिंगो कमिटी नै एमालेमा विलय


काठमाडौं, चैत १४ । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई ठूलो झडका लागेको छ । सो पार्टीका बारा परवानीपुर गाँउपालिका कमिटीका अध्यक्ष राम यादव आज सिंगो कमिटी नै एमालेमा बिलय गराएको घोषणासहित नेकपा एमाले प्रवेश गर्नुभएको छ ।

आज बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमै पुगेर यादव एमाले प्रवेश गर्नुभएको हो । उहाँले परवानीपुरको सिंगो कमिटीनै एमालेमा विलय गराउने घोषणा गर्नुभयो ।

यादव माधव निकट युवा संघ नेपाल बाराका अध्यक्षसमेत हुनुहुन्थ्यो । माधवको भ्रममा परेको भन्दै यादव एमालेमै सिंगो टीमसहित फर्कनुभएको हो ।