जनता टाइम्स

२५ चैत्र २०७८, शुक्रबार २१:५५

बिज्ञ कोटाबाट प्रचण्डका भाई राष्ट्रियसभा सदस्यमा मनोनीत


काठमाडौं, चैत २५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाई नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित हुनुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले दाहाललाई राष्ट्रिय सभा सदस्य मनोनित गर्नुभएको हो ।

नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम नेपाल सरकारको सिफारिसमा चितवनका दाहाललाई राष्ट्रियसभामा मनोनित गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संविधानमा ३ जना राष्ट्रिय सभा सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । यसअघि राष्ट्रपतिले मनोनित गरेका रामनारायण बिडारीको समय सकिएपछि रित्त पदमा प्रचण्डका भाई नारायण नियुक्त हुनुभएको हो । सत्तारुढ गठबन्धनमा रहनुभएका नेकपा एसका अध्यक्ष माधव नेपालले बहिनी ज्वाई र पम्फा भुसालले बिहीनी ज्वाई राजदूत बनाएको भोलिपल्ट प्रचण्डले भाईलाई सांसद बनाउनु भएको हो ।