काठमाडौं, २६ चैत । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले निर्वाचन खर्च महंगो हुँदै गएको बताएउनुभएको छ । खर्चकै कारण निर्वाचन लड्न नसकिने स्थिति आएको उहाँको भनाइ छ ।
नवलपरासीबाट तीन पटक निर्वाचन लड्दा खर्च अधिक भएको महसुस गरेको उहाँले बताउनुभयो । ‘तीन पटक निर्वाचन लडें । पहिलो पटक ८० हजार खर्च भयो । दोस्रो पटक तीन करोड खर्च भयो र तेस्रो पटक ६ करोड खर्च भयो,’ नेपाल विद्यार्थी संघ इलाम काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै कोइरालाले भन्नुभयो ।
उहाँले विद्यार्थीलाई राजनीतिभन्दा पनि अध्ययनमा जोड दिन आग्रह गर्नुभयो । देश बनाउने युवा विद्यार्थीहरू भन्दै अध्ययन सकेर राजनीतिमा आउनुपर्नेमा जोड दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्