जनता टाइम्स

२ बैशाख २०७९, शुक्रबार १४:०५

सरकारले आईडीएबाट प्राप्त हुने १८ अर्ब रुपैयाँ ऋण स्वीकार्ने


काठमाडौं, २ वैशाख । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १५० मिलियन अमेरिकी डलर (१८ अर्ब रुपैयाँ) सहुलियत ऋण सहायता स्वीकार्ने लिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आईडीएबाट १८ अर्ब रुपैयाँ बराबर सहुलियत ऋण सहायता स्वीकार्ने सरकारले निर्णय गरेको जानकारी दिनुभयो ।

अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय युएसएआईडीबाट प्राप्त हुने ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहायता रकम पनि स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताउनुभयो ।