ताप्लेजुङ, जेठ ३ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा यसअघिको ८ मतको हारको बदला लिँदै एमालेका दिपेन्द्र पोमु अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
पोमुले यसअघि आफूलाई हराउने कांग्रेसका विश्वनाथ सिटौलालाई पराजित गर्दै एमाले उम्मेदवार पोमु विजयी बन्नुभएको हो ।
पोमु ३०३६ मतका साथ बिजयी हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा पत्रकार महासंघको केन्द्रीय सदस्यबाट राजीनामा दिएर राजनीतिमा होमिनुभएकी शान्ता आङ्बुहाङ २९२९ मतका साथ बिजयी हुनुभएको छ । एमालेले उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेपछि उहाँले केन्द्रीय सदस्यबाट राजीनामा दिनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्