काठमाडौं, जेठ ३ । नेकपा एमालेले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सरकारबाटै ब्यापक धाँधली भएको आरोप लगाएको छ । आजबाट सुरु भएको संसदको ११औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै एमाले उपमहासचिव तथा सांसद प्रदीप ज्ञवालीलेयस्तो तथ्य राख्नुभएको हो ।
उहाँले निर्वाचन नै गराउन नचाहको सरकारले राज्य शक्तिको प्रयोग गरेर चुनावमा धाँधली गरेको फेहरिस्त राख्नुभयो । ‘पहिला त सरकारले निर्वाचन नै गराउन चाहेको थिएन। अन्तिम समयमा पनि चुनाव सार्ने तयारी गरेको थियो,’ ज्ञवालीले भन्नुभयो, ‘चुनावमा राज्यशक्ति प्रयोग गरेर धाँधली गरियो, यो संसदमा रेकर्ड गराउन चाहन्छौँ ।’
उहाँले गठबन्धनको सामना गर्दै एमाले निर्वाचनमा होमिएको र अहिले आइरहेको परिणामबाट एमाले नआत्तिएको पनि बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्