बिर्तामोड, ७ जेठ । झापाको अर्जुनधारा नगरपालिकाको मेयर–उपमेयर पदमा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । शनिबार साँझ सार्वजनिक मतगणनाको अन्तिम नतिजाअनुसार अर्जुनधाराको मेयर पदमा एमालेका बलदेवसिंह गोम्देन तामाङ र उपमेयर पदमा एमालेकै खड्गमाया पराजुली विजयी हुनुभएको हो ।
तामाङले निकटतम प्रतिद्वन्द्वी गठबन्धनअन्तर्गत कांग्रेसका रञ्जिता कार्कीलाई ५ हजार ४ सय २६ मतान्तरले पराजित गर्नुभयो । मेयरमा निर्वाचित तामाङले १९ हजार एक सय ६९ तथा पराजित कार्कीले १३ हजार ७ सय ४३ मत पाउनुभएको छ । उपमेयरमा पराजुलीले गठबन्धनअन्तर्गत माओवादी केन्द्रका नितेश योञ्जनलाई ४ हजार ६ सय ७२ मतान्तरले पराजित गर्नुभयो । निर्वाचित पराजुलीले १३ हजार ७ सय ४३ तथा पराजित योञ्जनले ९ हजार ७१ मत मात्र पाउनुभयो ।













प्रतिक्रिया दिनुहोस्