काठमाडौं महानगरपालिकाकाको पहिलो बैठकमा मेयर बालेन्द्र साह (बालेन) ले आफ्नो नेतृत्व क्षमता देखाउनु भएको छ । मेयर जस्तै आफूहरु पनि जनताबाट निर्वाचित भएर आएको भन्दै रिसाएका वडाध्यक्षहरुलाई मेयर साहले हाँसीहाँसी ताली बजाउन लगाएर नेतृत्व क्षमता देखाउनु भएको हो ।
आजको बैठकमा निर्णय गर्ने बेला केही वडाध्यक्षहरुले तपाईको तरिका भएन, बैठक कसरी चलाउने सिकेर आउनु पर्यो भन्दै आपत्ति जनाएका थिए । वडाध्यक्षहरुको निसानामा पर्नुभएका मेयर साहले चुनावको फ्रष्टेशनले केही आवाज ठूलो भएको भन्दै बिषयान्तर गरेर गरेर आफ्नो प्रस्तावमा सहमत गराई हाँसीहाँसी ताली ठोक्न लगाएर सर्वसम्मत पारित गराउनु भएको हो ।
झण्डै दुई घण्टा भन्दा बढी चलेको बैठक भर्खरै सकिएको छ । बैठक समापन गर्नुअघि केही वडाध्यक्षले तरिका भएन भन्दै मेयर साहलाई अवरोध गरेका थिए । बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका वडाअध्यक्षहरुले बैठक सञ्चालनको बिधि सिकेर आउन भन्दै मेयर साहको काममा अवरोध गरेका थिए । तर साहले मुस्कानसहित आफ्नो कुरा राखेर प्रस्तावमा सवैलाई सहमत गराउनु भएको हो ।
साहको कुरापछि ‘बैठक कसरी सञ्चालन गरिन्छ ? त्यो कुरा सिकेर आउनु पर्ने भो’ भन्दै जंगिएका वडाध्यक्षहरुले गडगडाहट तालीका साथ निर्णयमा सहमत हुनुभएको थियो । बैठकले सार्वजनिक सौचालयका लागि रेष्टुरेष्ट र पेट्रोल पम्पहरुसँग सहकार्य गर्ने निर्णय गरेको छ ।
यस्तै महानगरवासीको गनासो सुन्न सात दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय पनि गरेको छ भने सडकको खाल्डाखुल्डी टाल्न भौतिक पूर्वाधार एम्बेलेन्स र गुनासाका आधारमा तत्काल काम अघि बढाउन दुर्ईटा आकस्मिक एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकमा उपमेयर सुनिता डंगोलले पनि परिपक्व रुपमा आफ्नो नेतृत्व क्षमता प्रदर्शन गर्नुभएको छ ।
काठमाडौं महानगरको बैठक प्रत्यक्ष प्रशारण गरिएको थियो ।













प्रतिक्रिया दिनुहोस्