जनता टाइम्स

१८ जेष्ठ २०७९, बुधबार २३:०८

हामी हार व्यहोर्न तयार छौं भन्दै प्रचण्डलाई रामचन्द्र पौडेलको कडा जवाफ


काठमाडौं, १८ जेठ ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश र जनता बचाउने काम गरिरहेको कांग्रेसले हार व्यहोर्न तयार रहेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै पौडेलले राष्ट्र, जनता र न्यायका पक्षमा कांग्रेसले लड्न नछाड्ने बताउनुभयो ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई आज कमलपोखरीमा आयोजित प्रशिक्षणमा प्रचण्डले दम्भ र अहंकार गरे एमालेलाई जस्तै गरी कांग्रेसलाई ठेगान लगाउन सकिने चेतावनी दिनुभएको थियो । यसतर्फ लक्षित गर्दै पौडेलले आज अपरान्ह ट्वीट गर्दै भन्नुभएको छ , ‘इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको छ। त्यसैले हामी हार व्यहोर्न तयार छौं। तर राष्ट्र, जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौं।’