अमेरिका, जेठ २८ । आइसिसी विश्वकप क्रिकेट लिग -२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले शनिवार घरेलु टोली अमेरिकाको सामना गर्दैछ ।
टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपाली समय अनुसार राति सवा नौ बजे खेल सुरु हुनेछ ।अमेरिका विरुद्ध मैदान उत्रँदा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।
सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । अमेरिका भने लगातार दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा ओमानलाई ११४ रनले पराजित गरेको थियो ।
यी दुईले हालसम्म चार एकदिवसीय अन्तर्राष्ट्रियमा एक अर्काको सामना गर्दा नेपाल तीन र अमेरिका एक खेलमा विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्