काठमाडौं, एजेन्सी । बलिउडकी ड्रिमगर्ल हेमा मालिनीको पर्दामा देखिने जीवन कहानी जसरी एउटा सुन्दर कथा जस्तै छ , त्यसैगरी नै उनको नीजी जीवन कथा पनि कम फिल्मि छैन ।हेमाको कुनै पनि कुरा धर्मेन्द्रको बिना अधुरो हुन्छ । हेमा र धर्मेन्द्रको लबस्टोरी बलिउडकै सबैभन्दा चर्चित र बिबादित लबस्टोरी मध्यको एक हो ।
यो कुरा सबैलाई थाहा भएकै कुरा हो कि सामाजिक मूल्य र मान्यतालाई तोडेर हेमा र धर्मेन्द्रले एकअर्कासंग बिबाह गरेका थिए । हेमाले जब धर्मेन्द्रसंग विबाह गरेकी थिइन् तब धर्मेन्द्र विबाहीत थिए उनी पुरै चार सन्तानका बाबु भैसकेका पनि थिए ।यसको मतलब हो कि कसैको श्रीमान र चार सन्तानको बाबुको मायामा परेकी थिईन् बलिउड ड्रिमगर्ल हेमा मालिनी ।
सबैकुरा जान्दाजन्दै पनि हेमाले धर्मेन्द्रसंग प्रेम गरेकै कारण उनले आजसम्म त्यो सजाय भोगिरहेकी छन् ।धर्मेन्द्रले पनि हेमाको माया परेर आफु कसैको श्रीमान र चारसन्तानको बाबु हुँ भन्ने बिर्सिएका थिए । सबै वास्तविकता बिर्संदै धर्मेन्द्र र हेमाले एकअर्कासंग विबाह गरे । त्यो पनि पुरै रीतिरिवाजका साथ । तर पनि हेमामालिनी आजसम्म धर्मेन्द्रकी दोश्रो श्रीमतिको रुपमा चिनिन्छिन् ।
न समाज न त परिवार कसैको पनि परवाह नगरी यी दुवैले विबाह गरेको पनि आज ४१ वर्ष भईसकेको छ । यो ४१ वर्षमा हेमामालिनीले आजसम्म धर्मेन्द्रको घरमा पाईला टेकेकी छैनन् ।यो भने दुनियाँकै लागी अचम्मको कुरा हो । धर्मेन्द्र आफ्नो घरमा जेठी श्रीमती प्रकाश कौर र दुुई छोरा शनी र बबी देवलका साथ रहन्छन् । धर्मेन्द्रको आलिशान घर मुम्बईको सबैभन्दा महंगो क्षेत्रमा पर्ने जुहुमा अवस्थित छ भने हेमा मालिनीको घर पनि जुहुमा नै रहेको छ ।
हेमाले आफु बसेको घर आजभन्दा ३० वर्ष पहिले धर्मेन्द्रसंग मिलेरे किनेकी थिईन् । धर्मेन्द्रको यो दुवै घरको दुरी केवल ५ मिनेटको रहेको छ । तर यो ५ मिनेटको दुरी विबाह भएको ४१ वर्ष बितिसक्दा पनि मेटिएको भने छैन ।
हेमा र धर्मेन्द्रबाट जन्मिएकी इशा देवलले भने आफ्नो बाबुको घरमा मात्र एक पटक गएकी छन् । त्योपनि धर्मेन्द्रको भाई अजित सिंह देवल बिरामी भएको समयमा । इशा जाने पनि थिईनन् होला तर इशा र उनकी बहीनीलाई धर्मेन्द्रका भाईले असाध्य नै माया गर्ने भएको हुनाले इशा आफ्नो चाचा बिरामी भएको बेला उनलाई भेट्नकालागी धर्मेन्द्रको घरमा गएकी थिईन् । अचम्मको कुरा त के छ भने इशालाई त्याहाँ जानपनि शनि देवललाई धेरै नै व्यवस्था मिलाउनु परेको थियो ।
माथि उल्लेखित यी सबै कुरा भन्दा पनि अझैं अचम्मको कुरा त के छ भने जम्मा ५ मिनेटको दुरीमा पनि हेमाको भेट धर्मेन्द्रकी जेठी श्रीमती प्रकाशसंग आजसम्म भएको छैन । र पनि हेमाले आजको दिनसम्म धर्मेन्द्रको पहिलो परिवारलाई निकै नै सम्मान गर्ने गरेकी छन् ।
एउटा अन्तरवार्तामा हेमाले भनेकी छन्,‘भलै मैले आजसम्म उहाँकी जेठी श्रीमतीको बारेमा कुनै पनि प्रसंगमा कुरा गरैकी छैन तर म उहाँलाई धेरै नै सम्मान गर्ने गर्छु । र मेरा दुई छोरीहरुले पनि परिवारलाई पुरै सम्मान नै गरेका छन् ।’ धर्मेन्द्रकी दोश्रो श्रीमती भएर पनी हेमाले प्रष्ट भाषामा भन्दै आएकी छन् ।












प्रतिक्रिया दिनुहोस्