काठमाडौं, असार २२ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुभएको छ । बुधबार संसद बैठकमा आफ्नो कुरा राखिसकेपछि शर्माले राजीनामा दिनुभएको हो ।
अनाधिकृत व्यक्तलाई सहभागी गराएर बजेटमा करको दायरा हेरफेर गरेपछि अर्थमन्त्री शर्मा विवादित बन्दै आउनु भएको थियो । मन्त्री पदबाट राजीनामा दिन शर्मालाई चौतर्फी दबाब आएको थियो ।
अन्नपूर्ण पोस्ट दैनिकको छापा संस्करणमा गत ३० जेठमा ’बिहानी प्रहर जब पूर्वनासुले बजेट चलाए..’ शीर्षकमा समाचार प्रकाशित भएपछि शर्माको अपराध छताछुल्ल भएको हो । पत्रिकामा समाचार प्रकाशित भएपछि शर्माले सिसी टीभि फुटेज नै मेटाएपछि आरोप प्रमाणित भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा वा बखास्तीलाई बटमलाइन बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्