जनता टाइम्स

२५ असार २०७९, शनिबार १७:१९

भ्रम टुट्यो भन्दै एमाले प्रवेश गरे माओवादीका प्रभावशाली नेता


कञ्चनपुर, असार २५ । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता सो पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन । माओवादी सुदुरपश्चिम प्रदेश कमिटीका सदस्य कृष्णसिंह धामी (हिमाल) आज एमालेमा प्रवेश गर्नुभएको हो ।

माओवादी कम्युनिष्ट आन्दोलनबिरोधी शक्तिको मोहरा बनेको र राष्ट्रियताको मामिलामा समेत जस्तोसुकै घात गर्न पछि नपर्ने प्रबृत्ति देखिएको भन्दै धामी एमाले प्रवेश गर्नुभएको हो । उहाँलाई नेकपा एमालेका नेता गणेशसिंह ठगुन्नाले पार्टीमा स्वागत गर्नुभएको छ ।

धामी जिल्ला समन्वय समिति दार्चुलाका निवर्तमान उपप्रमुख समेत हुनुहुन्छ । मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीका बिश्वासपात्र मानिनु हुने कृष्ण शहीद परिवारका सदस्यसमेत हुनुहुन्छ ।

धामीले माओवादीबाट अव मुलुकको समृद्धि र जनताको सपना पूरा नहुने निश्कर्षमा पुगेकोले सो कामका लागि एमाले नै सही रहेको बताउनु भएको छ । पछिल्लो केही बर्षका गतिबिधि हेर्दा माओवादीप्रतिको भ्रम टुटेको पनि उहाँले बताउनु भयो ।