काठमाडौं, ६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवार तथा आधुनिक पत्रकारिता आजको आवश्यकता रहेको बताउनुभएको छ । आजदेखि हेटौंडामा सुरू भएको नेपाली कांग्रेसनिकट पत्रकारको संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा उहाँले यस्तो बताउनुभएको हो ।
महाधिवेशनको उद्घाटनका लागि हेटौंडा पुग्नुभएको प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले छोटो समय आफ्नो विचार व्यक्त गर्नुभयो । उहाँले स्वतन्त्रताको नाममा पत्रकारले उत्तरदायित्व भुल्न नहुने पनि उल्लेख गर्नुभयो ।
पत्रकार जगत उत्तरदायी भए समाज सही गतिमा अघि बढ्ने भन्दै प्रधानमन्त्री देउवाले पत्रकारिता क्षेत्रले लोकतन्त्रलाई बलियो बनाउने पनि बताउनुभयो । उहाँले भन्नुभयो,‘पत्रकारिता अब नयाँ प्रविधिमा चल्नुपर्छ । जिम्मेवार तथा आधुनिक पत्रकारिता आजको आवश्यकता हो ।’
प्रतिक्रिया दिनुहोस्