जनता टाइम्स

८ श्रावण २०७९, आईतवार ०७:४३

नागरिकता विधेयक राष्ट्रियसभाबाट फिर्ता गरियोस् : पूर्व मुख्यसचिव पौडेल


काठमाडौं, ८ साउन । पूर्व मुख्यसचिव लिलामणि पौडेलले संसदबाट पारित भएको नागरिकता विधेयमा आपत्ति जनाउनुभएको छ। सामाजिक सञ्जाल ट्वीटरमा उहाँले लेख्नुभएको छ , ‘२ वर्षसम्म संसदीय समितिमा छलफल गरेर समितिको सुझावसहित सदनमा पुगेको नागरिकता जस्तो संवेदनशील विधेयक एकाएक फिर्ता लगेर सरकारले संसदीय समितिका सिफारिस उल्टाएर नयाँ विधेयक पेश गर्नु र नयाँ विधेयक समितिमा दफावार छलफलमा नपठाइ ुहुन्छ र हुन्नु भन्दै पास गर्नु आपत्तिजनक छ।

’उहाँले यो विधेयकलाई राष्ट्रियसभाले फिर्ता गर्नुपर्ने धारणा राख्नुभएको छ , उहाँले भन्नुभएको छ , ‘दलहरूको विकल्प भन्दै स्वतन्त्र उमेदवारी घोषणा गर्ने र वैकल्पिक शक्तिको चाहना राख्ने नयाँ दलहरूले नागरिकता जस्तो राष्ट्रको सर्वोपरि चासोको विषयमा आफ्नो धारणा सार्वजनिक गर्दैनन् र सडकमा आवाज उठाउँदैनन् भने उनीहरू सदनमा जानुको औचित्य पुष्टि हुदैन।

विधेयक राष्ट्रिय सभाले फिर्ता गरोस् ,’
प्रतिनिधिसभाले गत शुक्रबार नागरिकता विधेयक बहुमतले पारित गरेको छ। यसमा एमालेले विरोध जनाएको छ भने माओवादी नेताहरुले संयुक्त सरकारको बाध्यता भएको धारणा राख्दै आएका छन्।