काठमाडौं, साउन १८ । चीनको बारम्वार चेतावनीको बेवास्ता गर्दै अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि यहाँ तनावपूर्ण स्थिति बनेको छ । ताइवान आएकी अमेरिकी सभामुख पेलोसीले ताइवानलाई आश्वासन दिदैं अमेरिका सधैं ताइवानको साथ रहने प्रतिवद्धता व्यक्त गरेकी छन् । उनले चीनमा मानवअधिकारको प्रश्न उठाउँदै कडा निन्दा पनि गरेकी छन् ।
पेलोसीको एशियाली देश भ्रमणको पूर्वसन्ध्यामा चीन र अमेरिकी राष्ट्रपतिबीच टेलिफोन वार्ता भएको थियो र सो वार्तामा अमेरिकी राष्ट्रपति जो वाइडेनले आफू एक चीन नीतिप्रति अविचलित रहेको जनाएका थिए । उनले पेलोसीलाई अहिले ताइवान भ्रमण गर्ने सही समय नभएको बताएको भनिए पनि पेलोसीले ताइवान भ्रमण गरेरै छोडेकी छन् ।
यो भ्रमणले ताइवानको सुरक्षामा थप खतरा उत्पन्न भएको छ । चीनले ताइवानको पुरै हवाइ तथा समुद्री मार्ग फाइटर विमान, ट्यांक र युद्धपोतले घेरेको छ । चीनले ताइवान प्रवेश गर्ने ६ स्थानको हवाई तथा समुद्री मार्ग बन्द गरिदिएको र ती स्थानलाई ‘नो इन्ट्री जोन घोषित गरेको छ । ताइवानलाई बल पूर्वक कब्जा गर्नु आणविक शक्तिसम्पन्न राष्ट्र चीनका लागि कुनै कठिनाई होइन् तर, उसको साथमा विश्व महाशक्ति अमेरिका रहेको छ ।
अमेरिका यस्तो देश हो जसको प्रमुख उत्पादन भनेकै हतियार हो । ताइवान अमेरिकाको हतियार किन्ने देशहरू मध्येको एक हो । त्यसैले पनि उसले आफ्नो व्यापारिक नाता र ताइवानलाई हतियार बेचेर हुने कमाइलाई कायम राख्न पनि अमेरिका ताइवानको पक्षमा आउने नै छ । चीनकाविरुद्ध ताइवानलाई साथ दिनु भनेको अमेरिकाका लागि पनि फलामको च्यूरा चपाउनु सरह हुने राजनीतिक विश्लेशकहरू बताउँछन् ।
चीनविरुद्ध ताइवानलाई साथ दिनु अमेरिकालाई फलामको च्युरा
जसरी रुसले युक्रेनमाथिको आक्रमण गर्दा अमेरिकाले जसरी पूरै युरोप र अन्य अधिकाँश देशको साथ पाएको छ, ताइवान चीन युद्ध भएमा यस्तो नहुने बताइन्छ । युक्रेन संयुक्त राष्ट्र संघको सदस्य रहेको छुट्टै सार्वभौम सत्ता सम्पन्न मुलुक हो, तर ताइवानलाई संयुक्त राष्ट्र संघले स्वतन्त्र सार्वभौम सत्ता सम्पन्न देशको मान्यता दिएको छैन । त्यसमा पनि अधिकाँश देश ताइवानलाई चीनकै स्वशासित क्षेत्र मान्दछन् । त्यसैले पनि अमेरिकाले युक्रेनमाजस्तो समर्थन र सहयोग ताइवान मामलामा पाउने छैन ।
अर्को आणविक शक्ति सम्पन्न देश रुसले त अहिल्यै अमेरिकाको विरोध गरिरहेको छ । उसले पेलोसीको ताइवान भ्रमण शान्ति खल्वल्याउने उत्तेजक प्रकृतिको भनेर आलोचना गरेको छ । रुसी विदेशमन्त्रीले एक विज्ञप्तिनै जारी गरेर अमेरिकाले अहिलेसम्म जोडको तोड जवाफ नपाएकाले सबैलाई उत्तेजित बनादैं हिड्ने गरेको आरोप लगाएको छ ।
अब अयो नेटो को कुरा युक्रेनमा नेटोले अमेरिकालाई भरपूर सहयोग गरेको छ, तर ताइवान र चीनबीच युद्धमा यस्तो नहुने बताइन्छ । किनभने नेटोसम्वद्ध कतिपय देशसँग चीनको अतिनै राम्रो सम्वन्ध छ ।
युक्रेन र रुसबीचको युद्धमा युक्रेनलाई अति घातक हतियार उपलब्ध गराइरहेको टर्की चीनले ताइवानलाई आक्रमण गरेमा दर्शक बन्ने बताइन्छ । यहाँ पनि टर्कीसँग चीनको कसिलो सामरिक र आर्थिक सम्वन्ध छ । यो सम्वन्धलाई विर्सिएर टर्कीले अमेरिकाको लहैलहैमा चीनसँगको उसको कसिलो सम्वन्ध तोड्छ भन्न सकिदैन । रुसविरुद्ध युक्रेनलाई लगातार हतियार उपलब्ध गराइरहेको स्वयं अमेरिकाको आफ्नै हतियार भण्डार खाली भइरहेको जानकारहरूको दावी छ ।
यीनले गर्न सक्छन् अमेरिकालाई सहयोग
चीनविरुद्धको ताइवान युद्धमा अमेरिकालाई सहयोग गर्नसक्ने देश जापा, अष्ट्रेलिया, दक्षिण कोरिया र बेलायत हुन् । अमेरिकाले चीनलाई लगाम लगाउनै लागि अष्ट्रेलिया र बेलायतसँय ‘आकस’ सैन्य सम्झौता गरेको छ । चीन, ताइवानसंगै सीमा रहेकाले जापानले यसमा सरोकार राख्ने नै भयो । चीनले ताइवानलाई चारैतिरबाछ घेराहाली रहँदा जापानले चिन्ता व्यक्त गरेको छ । चीनले सैन्य अभ्यास गरिहेको मध्ये दुई यस्तो स्थान छन् जसलाई जापानले आफ्नो ठान्दछ ।
दक्षिण कोरियाले पनि चीन र ताइवान, अमेरिकाले यी सबै कुरा शान्तिपूर्ण ढंगले हल गर्नेछन् भन्ने आफूले ठानेको कुरा दक्षिण कोरियाले गरेको छ । आशियान देशसँग पनि चीनको अर्बौ डलरको ब्यापार भएकाले उनीहरू पनि खुलेर चीनविरुद्ध आउने आशा गर्न सक्न्नि । तर, यी मध्ये फिलिपिन्स र भियतनामसंग चीनकोसीमा विवाद चलिरहेको छ । विशेषज्ञका अनुसार चीन र अमेरिकाबीच ताइवानको विषयमा युद्ध भयो भने कतिपय देशले यसकारण पनि कसैलाई सहयोग गर्ने छैनन की चीनले उनीहरूलाई समान दिन र उनीहरूबाट लिन बन्द गर्न सक्छ ।
चीनसँग युद्ध गर्नु रुसजस्तो सजिलो छैन, किनभने चीनलाई संसारको उद्योग भनिन्छ । यही बनेका सामान संसारभरी आपुर्ती हुन्छ । दैनिक आवश्यकता लगायत ठूला मेसिनसम्म चीनमै बन्ने गरेका छन् । यस्तोमा चीनसँग युद्धमा अल्झिनु स्वयं अमेरिकाका लागि प्रत्युत्पादक हुन सक्छ । (एजेन्सीको सहयोगमा)













प्रतिक्रिया दिनुहोस्