चीनिया ऋणको कारणले गर्दा पाकिस्तान र श्रीलङ्का “वाइलेन्स अफ पेमेन्ट” समस्यामा अलझिएको छ । पाकिस्तानसंग भारतको सम्वन्ध सहज छैन । तर श्रीलङ्कामा राहत स्वरुप भारतले आर्थिक गतिविधि वढाएको देखिन्छ । यस अवस्थामा मोदीले दक्षिण एसियाको आर्थिक विकासको लागि श्रीलङ्का लगायत अरु मुलुकहरूमा समेत आर्थिक नीतिका साथ अगाडि बढ्नु पर्ने आवशयक्ता देखिन्छ
विपिन देव
भारतमा अङ्ग्रेजी भाषावाट सम्पादित र संप्रेषित छापाखानाहरू परराष्ट्र मामिलाबारे बहस चलाउने गर्दछ । गुजरातका मुख्य मन्त्री रहँदा मोदीलाई भारतका परराष्ट्रनीतिको वारेमा प्रश्न र प्रतिप्रश्न गर्ने गरिन्थ्यो । त्यतिखेर भारतीय जनता पार्टीले मोदीलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा प्रस्तावित गरि सकेका थिए । वडो सूत्रात्मक र गम्भीर अभिव्यक्ति दि‘दै मोदीले आफ्नो भावी परराष्ट्र नीतिको रेखाङ्करण गरेका थिए । उनले प्रष्ट रुपमा आफ्नो नीतिलाई सार्वजनिक गर्दै भनेका थिए, “आउ‘ने दिनमा भारत कुनै शक्तिसंग आखॉ झुकाएर वा ऑखा देखाएर कुरा गर्दैन । भारत मैत्रीपूर्ण रुपमा ऑखामा ऑखा जुधाएर आप्mनो कुरा अघि बढाउछ ।
प्रधानमन्त्री हुने वित्तिकै मोदीले आफ्नो परराष्ट्र नीतिमा आमूल परिर्वतन ल्याए । भारतका सामरिक जानकार डा. राजामोहनले आफ्नो पुस्तक “मोदी वल्र्ड”मा मोदीलाई सफल परराष्ट्र नीतिकारका रुपमा व्याख्या गरेका छन् । नरसिंह राव, डा. मनमोहन सिंह र अटल विहारी वाजपेयीको सरकार गठवन्धनमा भएको कारणले गर्दा अरु पार्टीको अभिमतले उनीहरूको परराष्ट्रनीतिलाई प्रभावित गर्ने गर्थो । तर मोदी यस्तो समस्यावाट मुक्त थिए । भारतीय जनता पार्टीको प्रष्ट बहुमतको कारणले गर्दा मोदी हरेक हस्तक्षेपवाट पनि मुक्त थिए ।
भारतको सम्र्पक र सम्मवन्धलाई विस्तार गर्न कूटनीतिक यात्रालाई धनिभूत रुपमा उनले अगाडि वढाए । ४२ वर्षको अन्तरकालपछि क्यानाडा, ३४ वर्ष पश्चात यु।एई, ३३ वर्ष पछि फिजी, १७ वर्ष पछि नेपाल भ्रमण, र पहिलो पटक इजरायल यात्रा गर्ने सौभाग्य र अवसर प्रधानमन्त्रीको रुपमा मोदीले नै प्राप्त गरे । मोदीको प्रमुख सफलतामध्ये उनको “एक्ट इष्ट पोलिसी” रहेको छ । हुनतः “इष्ट इष्ट पोलिसी” को अङ्कुर ९० को दशकमा नरसिंह रावले “लुक एट इष्ट पोलिसीको” रुपमा विजारोपण गरेका थिए । मोदीले सामरिक उद्देश्यमा परिमार्जित गरे ।
“एक्ट इष्ट पोलीसी” को नीति अनुसार आसीयान सम्वद्ध राष्ट्रहरूको पू‘जी, प्रविधि र सूचनालाई आर्कषण गर्न यी मुलुकहरूसंगको सामीप्यतामा उनले जोड दिए । गणतन्त्र दिवसको अवसरमा आसियानका दसवटै राष्ट्रप्रमुखहरूलाई भारतमा आतिथ्य गरेर आसीयानसंगको सम्वन्धलाई उनले उच्च महत्व दिए । साङ्ग्रीला समवादमा उनले आप्mनो हिन्दमहासागरीय नीतिलाई विम्वित गरे । भारतले हिन्दमहासागरीय गठवन्धनमा आसियान मुलुकहरूको भूमिकामा जोड दिए । आसीयानका मुलुकहरूको चीनको नीतिले आक्रान्त रहेको कारणले गर्दा प्रजातान्त्रिक गठबन्धनको औचित्यमाथि मोदीले समीकरण र गठबन्धको माध्यमवाट अगाडि बढ्न आप्mना समकक्षीहरूलाई आग्रह गरे । मोदीले आप्mनो पाकिस्तान नीतिमा व्यापक परिर्वतन गरे ।
सन् १९८९ मा सोभियत रुसले अफगानिस्तानबाट आप्mना सैन्य वल हटाएपछि पाकिस्तानको मनोवल उच्च हुन गयो । नब्वेको दशकमा मध्य एसियामा अमेरिकी सक्रियता र सैनिक गतिविधिको व्यापक सक्रियता बढ्यो । इराकमा अमेरिकाले आक्रमण गर्दा अमेरिका र पाकिस्तानको सामरिक सम्बध चुलिएको थियो । पाकिस्तानले उक्त सम्बन्धका माध्यमबाट “कास्मिर”को समस्यालाई अन्तराष्ट्रियकरण गर्न पश्चिमा शक्तिहरूको सहयोग र सद्भाव प्राप्त गर्न हरेक कूटनीतिक मञ्चलाई उपयोग गरे । एकातर्फ वाजपेयीले लाहोर बस यात्रा र आग्रामा पर्वेज मुसरफलाई शान्ति वार्ताको लागि आमन्त्रण गरेर आप्mना कूटनीतिलाई अगाडि बढाए भने अर्को तर्पm पाकिस्तानले भारतको संसद भवनमा आक्रमण र कार्गिल युद्ध जस्ता जोखिम भारतलाई दिए ।
चीन र अमेरिकाको मैत्रीको आडमा पाकिस्तान टसमस भएको थिएन । मोदीको आगमनका साथ यो भू९राजनीति परिदृष्य विश्व राजनीतिमा थिएन । भारत अमेरिकी सम्बन्धमा व्यापक रुपान्तर भइसकेको थियो । यु।ए।इ लगायत खाडी मुलुकहरूसंगको सामिप्यता भारतसंग बढेको थियो । मोदीले आप्mनो पाकिस्तान नीति परिवर्तित गरे । “सर्जीकल स्र्टायम”को माध्यमबाट आङ्कवादी गतिविधिलाई न्यूनीकरण र निस्तेजीकरण गर्न ठोस कदमका साथ वढे । क्षेपयास्त्रको माध्यमबाट पाकिस्तानस्थित आतङ्कवादी म्याम्पवाट सैनिक कायबाही गरे । वालोकोट घटनापछि भारतमा आङ्तवादी गतिविधिमा कमी आएको देखिन्छ । धारा साथ साथै काश्मिरलाई विशेष राज्यको सवैधानिक व्यवस्थालाई खारेज गरे पनि पाकिस्तानले उक्त मुद्दालाई कूटनीतिक रुपले पूजीकृत गर्न सकेन । भारत पाकिस्तानसंग संम्बाद गर्ने दवावमा रहेको छैन ।
मोदीको अर्को सफलतामा उनको अमेरिकी नीति रहेको छ । ओबामा, ट्रम्प र वाइडेनसंग समेत व्यक्तिगत रसायन ९प्रसानल केमेसट्री० राम्रो मिलाउनु् मोदीको विराट व्यक्तित्वको सफलता नै हो । “रसिया युक्राइन” युद्ध पश्चात भारत अमेरिकाको सम्वन्ध कुन रुप लेला भने व्यापक कूटनीतिक चासो थियो । भारतको तटस्ताको विरोध पश्चिमा सञ्चार माध्यमले अनवरत रुपमा गरिरहको थियो । यही परिवेशमा अमेरिका भारतको सबभन्दा ठुलो व्यापारिक साझेदार हुनु, भारतीय मूलमा अमेरिकीहरूको अमेरीकी शासन प्रणालीमा गहिरो पकड हुनु, हिन्दमहासागरीय क्षेत्रमा अमेरिकासंग गठवन्धन हुनु, क्वाडमा भारतको भूमिका हुनु, आइ.टु.यु.टु (इजरायल, अमेरिका, यु.अ.इ., भारत) का गठबन्धनमा भारतको सहभागिता हुनु जस्ता कारणले गर्दा भारत अमेरिकी मैत्रीमा कुनै नकारात्मक प्रभाव परेन ।
मोदीको चीनिया नीतिको वारेमा धेरै टिका टिप्पणीहरू पनि पठन पाइन्छ । चीनसंगको टकराहटले गर्दा भारतको आर्थिक वृद्धिमा असर परेको समेत टिप्पणी रहेको छ । उहानदेखि ममलापुरमसम्म मोदी र चीनिया राष्ट्रपति सीले १८ चोटी वार्ता गरेता पनि सम्वन्ध सुधार नहुनुमा विभिन्न आयामहरू छन् । सन् १९९३ मा भारत चीन विच एक सम्झौता भएको थियो । तदनुरुप दुई वटै मुलुकहरूले सीमा सम्वन्धी समस्याहरूलाई थाती राख्दै व्यापारिक समवन्धलाई अगाडि बढाउने सहमति भएको थियो । यही सहमतीको आधारमा दुइवटै मुलुकहरूले २ विलियन डलरवाट १०० विलियनसम्म आप्mनो व्यापार अगाडि बढाए ।
वर्तमान परिवेशमा चीन र भारतको विच कटुता वढ्नुको कारण भारतका पूर्व राजदुत श्याम शरणले आप्mना पुस्तक “हाउ‘ इण्डिया एण्ड वर्लड सी चाइना”मा उल्लेख गरेका छन् । वर्तमान परिवेशमा चीनको आर्थिक आकार भारतभन्दा तीन गुणा वढि हुनु जस्ता कारणहरूले चीनिया दृष्टिकोणमा परिर्वतनन भएको उनको जिकीर रहेको छ । तर मोदीले आप्mनो कूटनीतिक र सैनिक सार्मथ्यवाट चीनको आक्रामक शैलीलाई डोकलमदेखि ग्लवानसम्म जवाफ दिन कुनै कसर वाकि राखेको छैन । रसियासंग आप्mनो मैत्री सम्वन्धलाई कायम राख्दै पश्चिमा गठवन्धनमा आप्mनो भूमिका बढाउ‘दै मोदीले चीनको चूनौतीलाई स्वीकार गरेको देखिन्छ । फिलिपिन्सलाई क्षेप्यास्त्र दिएर र भियतनामसंग वृहत सामरिक सॉझेदारी बढाएर भारतले दक्षिण चीन सागरमा समेत चीनलाई दवावमा राख्न सामरिक नीति लिएको छ ।
भारतको दक्षिण एसियाली नीतिमा समेत परिर्वतन देखिएको छ । सन् २०१४ मा आप्mनो सपत ग्रहण समारोहमा सार्मक राष्ट्रप्रमुखहरूलाई उनले निमन्त्रणा गरेका थिए भने कोरनाको कहरमा सार्कका राष्ट्रप्रमुखहरूको विच सहकार्यका लागि विद्युतिय माध्यमवाट उनले सम्वादको समेत आयोजना गरेका थिए । भारत पाकिस्तानको टकहराहटले गर्दा सार्कको विकल्पमा वृहत छिमेक नीति अन्र्तगत विमस्टेकको सक्रियतालाई भारतले जोड दिएको देखिन्छ । भारतले म्यानमार र थायल्याण्डसंग जल र सडक मार्ग जोडन कालदान योजना लगायत विभिन्न भीमकायी योजनाहरू अगाडि बढाइरहेको छ । दक्षिण एसियाली मुलुकहरूमा चीनिया लगानी प्रचुर मात्रामा रहेको छ ।
पाकिस्तानको सी पेक योजना अन्र्तगत चीनले ६५ विलियन अमेरिकी डलर लगानी गरेको छ भने श्रीलङ्का “हम्वनटोटा वन्दरगाह”को कारणले “डेष्ट” ट्रयापमा फसिसकेको छ । चीनिया ऋणको कारणले गर्दा पाकिस्तान र श्रीलङ्का “वाइलेन्स अफ पेमेन्ट” समस्यामा अलझिएको छ । पाकिस्तानसंग भारतको सम्वन्ध सहज छैन । तर श्रीलङ्कामा राहत स्वरुप भारतले आर्थिक गतिविधि वढाएको देखिन्छ । यस अवस्थामा मोदीले दक्षिण एसियाको आर्थिक विकासको लागि श्रीलङ्का लगायत अरु मुलुकहरूमा समेत आर्थिक नीतिका साथ अगाडि बढ्नु पर्ने आवशयक्ता देखिन्छ ।













प्रतिक्रिया दिनुहोस्