काठमाडौं, साउन २२ । गत आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरूको नाफा २३ प्रतिशले बढेर ७४ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।
सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरण अनुसार राष्ट्रिय वाणिज्य बैंकको नाफा सबैभन्दा धेरै देखिएको छ ।
ग्लोबल आइएमई, नबिल, एनआइसी एशिया, नेपाल इन्भेष्टमेन्ट, एनएमबी, प्राइम कमर्सियल, नेपाल बैंक, सिद्धार्थ र मेगा बैंक नाफा रकमका आधारमा मुख्य दश स्थानमा परेका छन ।
यी बैंकहरुको दुई अर्ब ८३ करोडदेखि ५ अर्ब २१ करोडसम्म नाफा पुगेको छ । सबैभन्दा कम नाफा गर्नेमा भने सेञ्चुरी कमर्सियल बैंक परेको छ । सो बैंकले एक अर्ब ३५ करोड रूपैयाँ नाफा कमाएको छ ।













प्रतिक्रिया दिनुहोस्