जनता टाइम्स

२२ श्रावण २०७९, आईतवार १९:२७

शेयर बजार १०.२७ अंकले बढ्यो


काठमाडौं, साउन २२ । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १०.२७ अंक बढेको छ । यो अंकको वृद्धिपछि नेप्से २१२३ अंकमा कायम भएको छ ।

नेपाल धितोपत्र बोर्डका अनुसार यो साता कुल २ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यो साता नेप्सेमा बैंकिङ ०.२, विकास बैंक ५२, फाइनान्स ३३, होटल तथा पर्यटन ६०, जलविद्युत् २६, उत्पादन २, माइक्रोफाइनान्स २७, निर्जीवन बीमा ०.७५ र ब्यापार उपसमूह ३८ अंक बढेका हुन ।

यस्तै जीवन बीमा भने ४ अंकले घटेको छ । कुल ११८ कम्पनीको मूल्य बढ्दा ५९ को घट्यो भने ३ को स्थिर रह्यो । यस्तै मनकामना स्मार्ट लघुवित्तको मूल्य १०, तेह्रथुम पावरको ९.६ तथा उपकार लघुवित्तको मूल्य ९.१ प्रतिशत बढ्यो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नबिल बैंक, फरवार्ड माइक्रोफाइनान्स, एसियन लाइफ इन्स्योरेन्स र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहेका छन ।