जनता टाइम्स

२९ श्रावण २०७९, आईतवार २२:२४

ओली पत्नी राधिकाले मानवसेवा आश्रममा मनाउनुभयो जन्मदिन


काठमाडौं, २९ साउन । नेकपा एमालेका अध्यक्ष तथा  पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको श्रीमती राधिका शाक्यले मानवसेवा आश्रममा जन्मदिन मनाउनुभएको छ । मानवसेवा आश्रमको संरक्षक समेत रहेकी शाक्यले नागार्जुन नगरपालिकामा रहेको आश्रमको शाखामा आइतबार बेलुका जन्मदिन मनाउनुभएको हो ।

शाक्यले जन्मदिनको अवसरमा मानवसेवा आश्रमको संरक्षणमा रहेका लक्ष्मीनारायण र बालगोपालहरुलाई भोजन गराउनका लागि ५२ हजार योगदान गर्नुभयो । उक्त कार्यक्रम पूर्व प्रधानमन्त्री के.पी शर्मा ओलीको विशेष उपस्थितिमा भएको थियो। ओलीले आश्रममा आश्रितहरुलाई आफ्नै हातले भोजन गराउनुभएको थियो ।