जनता टाइम्स

३ भाद्र २०७९, शुक्रबार ११:४२

भाइरल बन्यो फिनल्यान्डकी प्रधानमन्त्री रक्सीले मातेको यो भिडिओ


काठमाडौं, भदौ ३ । फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिन रक्सी खाएर मातेको भिडिओ भाइरल बनेको छ । बिबिसीका अनुसार एउटा पार्टीमा मरिन झ्याप भएर नाचेको भिडिओ लिक भएसँगै उहाँ विवादमा पर्नुभएको हो ।

लिक भएको भिडिओमा प्रधानमन्त्री मरिनसहित फिलन्यान्डका चर्चित सेलिब्रेटी र उहाँका साथीहरू नाचिरहनु भएको छ । मरिन सन २०१९ मा फिनल्यान्डकी प्रधानमन्त्री बन्नुभएको थियो । ३४ बर्षकै उमेरमा प्रधानमन्त्री बनेर उहाँ संसारकै सबैभन्दा कान्छी सरकार प्रमुख बन्नुभएको थियो ।

भिडियो लिक भएपछि विपक्षी नेताहरूले मरिनले लागुपदार्थ सेवन गरे÷नगरेको परीक्षण गर्नुपर्ने माग गरेका छन्। मरिनले भने आफ्नो सार्वजनिक, पारिवारिक र नितान्त व्यक्तिगत जीवन भएको बताउँदै रक्सी पिएको अन्य कुरा सेवन नगरेको प्रष्टिकरण दिनुभएको छ ।

‘मैले रक्सी पिएकी हुँ, नाचगान पनि गरेकी हुँ। यी सबै कुरा कानुनी हुन्,’ मरिनले भन्नुभएको छ । लागुपदार्थ सेवनको परीक्षण गर्न पनि आफू तयार रहेको उहाँले बताउनु भएको छ । उहाँले भिडिओ लिक भए पनि आफूले जीवनशैली परिवर्तन नगर्ने बताउनु भएको छ । ‘म जस्ती थिएँ, त्यस्तै भएर बाँच्छु,’ उहाँले भन्नुभएको छ ।