जनता टाइम्स

१६ भाद्र २०७९, बिहीबार १५:४९

दोश्रो दिनको बयान : बारको एकपक्षिय कुरा सुनेर पुष्टि नहुने आरोप लगाएर महाअभियोग


काठमाडौं, १६ भदौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले महाअभियोग सिफरिस संसदीय समितिमा दोश्रोदिनको बयानमा गठबन्धनलाई एकपक्षिय कुरा सुनेर महाअभियोग गलाइएको आरोप लगाउनु भएको छ । नेपाल बारले आफ्नो राजीनामा माग्दा पेश गरेको २१ बुँदै आरोपलाई नै साँसदहरूले ल्याप्चे ठोकेर महाअभियोगको नाम दिइएको आरोप उहाँको थियो ।

निरर्थक, औचित्यहीन, कुनै पनि आधार र कारणबाट पुष्टि नहुने आरोप लगाएर महाअभियोग दर्ता गरेकै भरमा आफूलाई साढे ६ महिनादेखि निलम्बनमा राखेको उहाँको आरोप छ ।