जनता टाइम्स

१७ भाद्र २०७९, शुक्रबार २१:१८

प्रतिनिधि सभाका लागि लमजुङमा कांग्रेसबाट १२ जनाको नाम सिफारिस


लमजुङ, भदौ १७ । नेपाली कांग्रेस लमजुङले प्रतिनिधि सभा निर्वाचनका लागि १२ जनाको नाम सिफारिस गरेको छ। शुक्रबार बसेको जिल्ला कार्यसमिति बैठकले प्रतिनिधिसभाको उम्मेदवारका लागि प्रत्यक्षतर्फ ७ जना र समानुपातिकतर्फ ५ जना गरी १२ जनाको नाम सिफारिस गरेको हो ।

जिल्ला सभापति डा। टकराज गुरुङ, पूर्व सभापति तुलसीनारायण श्रेष्ठ, संविधानसभा सदस्य चन्द्रबहादुर कुंवर, नेपाल सांस्कृतिक महासंघका अध्यक्ष तीर्थबहादुर थापा, नेताहरू विष्णुप्रसाद धिताल, यमबहादुर गुरुङ र डा। बासुदेव गिरी सिफारिस हुनुभएको हो ।

यस्तै समानुपातिकतर्फ कोपिला विक, कृष्णमाया विक, तिरकाशी गुरुङ, शुभनाथ मिश्र र गर्जबहादुर गुरुङको नाम सिफारिस हुनुभएको छ ।