काठमाडौं, २५ भदौ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको छलफल बिनानिष्कर्ष टुंगिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सिट संख्या टुंगो लगाउन नसकेरै सकिएको हो । बैठक भोलि बिहान ८ बजे पुन; बस्ने नेताहरूले बताउनुभएको छ ।
आगामी निर्वाचनमा चुनावी तालमेल गर्दा कुन दलले कति सिट लिने भन्ने विषयमा सहमति जुटाउन भन्दै प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आज बेलुकी बैठक बसेको थियो ।
गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेको छ। सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको बताइएको छ ।
शुक्रबार सिट बाँडफाँटको निर्णायक छलफल गर्ने भनिए पनि नेताहरू काठमाडौंबाहिर गएका कारण बैठक बस्न सकेको थिएन । नेताहरूले आजको बैठकलाई भने निर्णायक बैठक भनेका थिए । तर आज पनि सहमति जुट्न सकेन ।













प्रतिक्रिया दिनुहोस्