काठमाडौं, २७ भदौ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार १३.५९ अंकले घट्दा ८३ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै, आज बजार घटेर १९०७ को विन्दुमा रोकिएको छ । कारोबारमा आएका अधिकांश उपसूचक घट्दा म्युचुअल फन्ड खरिदकर्ताको चाप बढ्दा उपसमूह सामान्य बढेको छ ।
बाँकी १२ वटै उपसमूह घटेका छन् । एनआरआइसी र एनटीसी दुवैको सेयर मूल्य घट्दा अन्य उपसमूह १.७० प्रतिशत घट्यो । यस्तै, हाइड्रो र फाइनान्सका सेयरका पनि बिक्री चाप बाक्लो रह्यो । प्रतिनिधि उपसमूह १.४३ प्रतिशत घट्दा समेत युनाइटेड, मर्दी आरबीको सेयर ४.१७ प्रतिशत बढ्यो । यस्तै, बोटलर्स नेपाल तराईको सेयर पनि २ प्रतिशत उक्लिएको छ ।
कारोबारमा आएकामध्ये १४९ स्टकको सेयर घटेको छ । जम्मा २८ वटाको मूल्य बढेको छ । बजार घट्दा कारोबारको आकर्षण नबिल बैंकको सेयरमा देखिएको छ । बैंकको आज चार करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भयो । तर, सेयर मूल्य भने चार रुपैयाँ घटेको छ । रिडि र हिमालयन डिष्टिलरीको सेयर पनि सर्वाधिक खरिद बिक्री भएको छ ।













प्रतिक्रिया दिनुहोस्