काठमाडौं, ३१ भदौ । छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत भारतविरुद्ध जारी पहिलो सेमिफाइनलमा नेपालले पहिलो हाफमा १-० को अग्रता लिएको छ । नेपालले पहिलो हाफको इन्ज्युरी समयमा अग्रता लिएको हो ।
रश्मीकुमारी घिसिङले गोल गर्दै नेपाललाई अघि बढाइन् । उनले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्र भित्र नियन्त्रणमा लिँदै गोल गरिन्ग । २३अौं मिनेटमा अन्जु तामाङको क्रसमा दाङमेइ ग्रेसको प्रहार सटिक हुन सकेन । लगत्तै अर्कोतर्फ गिता रानाको फ्रिकिक पोस्टबाट निकै टाढा गयो ।
३३ अौं मिनेटमा प्रिती राईले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो । लगत्तै भारतले डिफेन्समा गम्भीर गल्ती गरेपनि नेपालले फाइदा उठाउन सकेन ।
रन्जना चानुको ब्याकपास गोलरक्षक अदिति चौहानले मिस गरेपनि नेपाली फरवार्डले बल क्लियर हुनुअघि त्यहाँसम्म पुग्न सकेनन् । ४२ अौं मिनेटमा सोम्या गुगुलोथको क्रसमा ग्रेस चिप्लिन पुग्दा उनको प्रहार पोस्टतर्फ जान सकेन । हाफपछिको दोस्रो खेलमा गोल हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्