जनता टाइम्स

५ असार २०८२, बिहीबार २१:१२

सुनचाँदी व्यवसायीको आन्दोलन असार मसान्तसम्म स्थगित


काठमाडौं, ५ असार । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले असार मसान्तसम्म आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।

काठमाण्डौमा आज पत्रकार सम्मेलन गरी महासङ्घहरूले चलिरहेको आन्दोलन असार मसान्तसम्म स्थगित गरी रचनात्मक कार्यक्रम गर्ने जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष किसान सुनारले यही असार मसान्तभित्र आफूहरूका माग सम्बोधन नभए विभिन्न विषयगत समूहमार्फत साझा सङ्घर्ष र खबरदारी गर्दै सशक्त आन्दोलन अघि बढाउने चेतावनी दिनुभयो ।

महासङ्घले सुनचाँदी, हीरा तथा बहुमूल्य धातुका गहनासम्बन्धी नीति निर्देशिका यथाशीघ्र लागू गराउन निर्णयक पहल गर्ने निर्णय गरेको छ ।